
गुवाहाटी, 09 अप्रेल (हि.स.)। असम विधानसभा चुनाउको लागि बिहीवार राज्यभरि नै भइरहेको मतदान अवधि उम्मेद्वार तथा प्रमुख व्यक्तिहरूले सक्रिय सहभागिता जनाए। केही क्षेत्रहरूमा पानीझरीमा पनि मतदाता अनि नेताहरूमा लोकतान्त्रिक उत्साह स्पष्ट देखियो।
गोरश्वरको 5 नम्बर सुवागपुर प्राथमिक विद्यालयमा असम विधानसभाका अध्यक्ष बिश्वजित दैमारीले सपरिवार मतदान गरे भने गुवाहाटीमा मध्य गुवाहाटी विधानसभा क्षेत्रबाट भाजपा प्रत्याशी विजय गुप्ताले आफ्नो मताधिकार प्रयोग गरे।
वरिष्ठ नेता एवं मन्त्री अशोक सिंघल तथा नीलम देवीले पनि दिनको शुरूआतमै मतदान गरे। आउनीआटीमा सत्राधिकार डा. श्री श्री पिताम्बर देव गोस्वामीले पानी परिरहेको भए पनि मतदान प्रक्रियामा भाग लिएर लोकतन्त्रको महत्वलाई रेखांकित गरे।
राज्यका केही भागहरूमा झरीबीच पनि मतदाताहरू भीड़मा पंक्तिबद्ध भएर आफ्नो मतदान गर्ने पालो पर्खिरहेको देखियो। नवगठित 79 नम्बर सिसिबर गाउँ विधानसभा क्षेत्रमा भाजपा सांसद प्रदान बरूले पनि आफ्नो मताधिकार प्रयोग गरे।
यसबीच पूर्व भाजपा सांसद औ वर्तमान भाजपा प्रत्याशी पल्लव लोचन दासले आफ्नै विद्यालयमा मतदान गरेपछि भावुक प्रतिक्रिया व्यक्त गरे भने ढकुवाखानाबाट भाजपा प्रत्याशी अनि मन्त्री नब दलैले पनि मतदान गरे।
कड़ा सुरक्षा व्यवस्थाबीच राज्यभरि नै मतदान प्रक्रिया अगाड़ि बढ़िरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा