सिक्किम ‘विविधतामा एकता’ को एक जीवित उदाहरण: राज्यपाल
om prakash mathur


गान्तोक, 01 मई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले बुद्ध पूर्णिमाको पावन अवसरमा राज्यवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले शुक्रबार बिहान जारी आफ्नो सन्देशमा भने, समस्त सिक्किमवासीहरूलाई बुद्ध पूर्णिमाको हार्दिक बधाई तथा शुभकामना। आजको यो पावन दिनले भगवान गौतम बुद्धका त्याग, अहिंसा र करुणाका सन्देशहरूलाई आत्मसात् गर्ने अवसर प्रदान गर्दछ। सिक्किमको अद्वितीय संस्कृतिमा भगवान बुद्धका शिक्षाहरू गहिरोसँग बसेका छन्, जसले हाम्रो राज्यको पहिचानलाई विश्वमञ्चमा विशिष्ट बनाउँछ। राज्यपालले भने, हाम्रो प्रदेश सधैं ‘विविधतामा एकता’ को एक जीवित उदाहरण रहँदै आएको छ। उनले यस पावन अवसरमा हामी भगवान बुद्धका शिक्षाहरू अहिंसा, करुणा र मानवतालाई आफ्ना जीवनमा उतार्ने संकल्प गरौँ र आफ्ना विचार तथा कार्यमार्फत समाजमा सद्भाव र भाइचाराको भावनालाई अझ सुदृढ़ बनाऔँ भनी आह्वान गरेका छन्।

भगवान बुद्धको ज्ञानको प्रकाशले सबैका जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी राज्यपालले प्रार्थना पनि गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande