केन्द्रिय मन्त्री किरेन रिजिजुले लाचुङ गुम्बामा पूजा-अर्चना गरे
केन्द्रिय मन्त्री किरेन रिजिजु


केन्द्रिय मन्त्री किरेन रिजिजु


मङ्गन, 01 मई (हि.स.)। बुद्ध पुर्णिमाको पावन अवसरमा भारत सरकारका संसदीय तथा अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजुले शुक्रबार बिहान लाचुङस्थित साम्लिङ छोलिङ गुम्बामा पूजा-अर्चना तथा श्रद्धाञ्जलि अर्पण गरे। उनको साथमा राज्य समाज कल्याण विभागका मन्त्री साम्डुप लेप्चा, बलीवुडका चर्चित गायक मोहित चौहान लगायत अन्यहरू पनि उपस्थित थिए।

पूजा-अर्चना सम्पन्न गरेर भिक्षुहरूसँग अन्तरक्रिया गरेपछि केन्द्रिय मन्त्रीले सोही परिसरमा निर्माणाधीन गुम्बाको अवलोकन गरे। उनलाई निर्माण कार्यको प्रगतिबारे जानकारी गराइएको थियो। उनले गुम्बा तथा आसपासका संरचनाहरूको शीघ्र सम्पन्नताका लागि भारत सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिए। यसपछि केन्द्रिय मन्त्रीले आनी गुम्बाको पनि भ्रमण गरी पूजा-अर्चना गरे।

उल्लेखनीय छ, केन्द्रिय संसदीय एवं अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजु बिहिबार आफ्नो आधिकारिक भ्रमणमा सिक्किम आइपुगेका हुन्। सिक्किम आए लगत्तै उनी उत्तर सिक्किमको भ्रमणमा प्रस्थान भएका थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande