पुरूलियामा स्वास्थ्य अदिकारीसित दुर्व्यवहार गरेको आरोपमा भाजपाका चार जना नेताहरूलाई नोटिस
पुरूलियामा स्वास्थ्य अदिकारीसित दुर्व्यवहार गरेको आरोपमा भाजपाका चार जना नेताहरूलाई नोटिस


पुरुलिया, 20 मई (हि. स.)। जिल्लामा एकजना स्वास्थ्य अधिकारीसित कथित रूपमा दुर्व्यवहार गरिएको मामिलामा भाजपाले आफ्नै चार जना नेताहरूविरूद्ध कारबाही गरेको छ। राज्य भाजपाले यस घटनालाई “लज्जाजनक” बताउँदै आरोपी नेताहरूलाई कारण बताऊ नोटिस जारी गरेको छ अनि हाल उनीहरूलाई पार्टीको कार्यहरूदेखि टाड़ा राखिएको छ।

राज्य भाजपा नेतृत्वले यस घटनालाई गम्भीर रूपमा लिँदै चारजना नेताहरू क्रमैले राकेश महतो, विजयमोहन सिंह, अरुणचन्द्र माझी औ मिथुन कुमारलाई कारण बताऊ नोटिस पठाएको छ।

प्राप्त जानकारी अनुसार गत 12 मईको दिन बाघमुण्डी ब्लक अधिनस्थ पाथरडी स्वास्थ्य केन्द्रका ब्लक मेडिकल अफिसर अफ हेल्थ (बीएमओएच)-सित भाजपा नेताहरूले दुर्व्यवहार गरेको आरोप लागेको थियो। यस घटनालाई लिएर क्षेत्रमा राजनीतिक विवाद पनि शुरू भएको थियो।

भनिन्छ, बाघमुण्डी क्षेत्रकी गर्भवती महिलालाई उपचारको निम्ति अन्य राज्यको अस्पतालमा लैजाने सल्लाह किन दिइँदैछ, यस विषयमा केही भाजपा नेताहरूले स्वास्थ्य अधिकारीसित चर्को बहस गरे अनि उनलाई कथित रूपमा धम्की दिए।

राकेश महतो पुरुलिया जिल्ला परिषदका सदस्य र बाघमुण्डी ब्लक भाजपाका संयोजक हुन् भने विजयमोहन सिंह ब्लकका सह-संयोजक, अरुणचन्द्र माझी मण्डल-चारका अध्यक्ष औ मिथुन कुमार युवा मोर्चाका अध्यक्ष हुन्।

भाजपाको अनुशासन समितिको सिफारिस तथा राज्य अध्यक्ष एवं राज्यसभा सांसद शमिक भट्टाचार्यको निर्देशमा चारै नेताहरूलाई हालपार्टीको कामबाट अलग्गै बस्न भनिएको छ। उनीहरूलाई सात दिनभित्रमा आफ्नो व्यवहारमाथि लिथित स्पष्टिकरण दिने निर्देश दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande