
खरसाङ, 23 मई (हि.स.)। खरसाङ महकुमा बडी बिल्डिङ अनि फिटनेस एसोसिएशनको सभा आज संघको अध्यक्ष सञ्जय छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। सभामा एसोसिएशनका उपाध्यक्ष देवराज भण्डारी, कोषाध्यक्ष ओम प्रकाश चौरासिया लगायत अन्य पदाधिकारीहरु र सदस्यहरु उपस्थित रहेका थिए।
सभामा आगामी 27 सेप्टेम्बरमा हुने 56औं मिस्टर खरसाङ, नवौं मिस्टर फिजिक्स, दोस्रो स्पोर्ट्स मोडेल विकिनी, भेटरन बडी बिल्डिङ अनि अमेचोर प्रतियोगितालाई लिएर चर्चा परिचर्चा गरियो। सभापछि संघका अध्यक्ष सञ्जय छेत्रीले विगत 2070 सालदेखि प्रति वर्ष खेलाइॅंदै आएको मिस्टर खरसाङ एक वार्षिक कार्यक्रम रहेको र यसले युवाहरुमा एउटा सकारात्मक सन्देश गएको बताए।
उनले भने, 'हाम्रो लक्ष्य पनि युवाहरुलाई कुलतदेखि टाडा राखेर खेलकूदप्रति आकर्षित गराउन हो।'
हिन्दुस्थान समाचार / हनोक