मुख्यमन्त्रीले ‘दिल्ली ट्यालेन्ट हन्ट योजना’-को शुभारम्भ गरिन्
मुख्यमन्त्रीले ‘दिल्ली ट्यालेन्ट हन्ट योजना’-को शुभारम्भ गरिन्


नयाँ दिल्ली, 20 मई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज दिल्लीका कला, संस्कृति एवं भाषा मन्त्री कपिल मिश्राको साथमा ‘दिल्ली ट्यालेन्ट हन्ट – हौसलो का उड़ान योजना 2026-27’- को शुभारम्भ गरिन्।

मुख्यमन्त्रीले बुधवार मुख्यमन्त्री जन सेवा सदनमा आयोजित प्रेस कन्फ्रेन्समा योजनाको शुभाम्भ गरिन्। उनले भनिन्, राजधानीमा अपार प्रतिभाहरू छन्। योजनाको लक्ष्य दिल्लीका युवाहरूमा लुकेको प्रतिभालाई चिन्हित गरी त्यसलाई अझ खारेर अगाड़ि बढ़ाउनु हो।

योजना सबै 70 विधानसभाहरूबाट शुरू हुनेछ जसमा 25 हजारभन्दा अधिक युवाहरूले भाग लिनेछन् जसमा गायन, नृत्य, थिएटर, फाइन आर्ट, डिजीटल आर्ट, वाद्य सङ्गीत एवं म्यूजिक कम्पोजिशन जस्ता विधाहरूमा प्रतिभाहरूलाई मञ्च दिइनेछ। उनले भनिन्, दिल्लीका युवाहरूले आफ्नो क्षमता, सृजना औ परिश्रमले नयाँ पहिचान स्थापना गरुन्। यस दिशामा दिल्ली सरकारले लगातार कार्य गरिरहेको छ।

मन्त्री कपिल मिश्राले भने, मुख्यमन्त्रीले बजेटमा घोषणा गरेकी थिइन् कि दिल्ली सरकारको संस्कृति विभागले दिल्लीका युवाहरूको लागि प्रतिभा खोज योजना लागू गर्नेछ। आज यसबाट वाचा पूरा गरिएको छ।

उनले भने, दिल्लीका युवाहरूमा गायन, नृत्य, रङ्गमञ्च, डिजीटल कला तथा अन्य क्षेत्रहरूमा अपार प्रतिभा लुकेको छ। दिल्लीका केही प्रतिभाशाली युवाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रि स्तरमा स्वतन्त्र रूपमा आफ्नो प्रतिभालाई प्रदर्शन गरिसकेका छन्।

कपिल मिश्राले मुख्यमन्त्रीको दूरदर्शी नेतृत्वमा दिल्ली सरकारले राज्यका युवाहरूको सपनालाई एउटा नयाँ उड़ान दिरहेको छ। उनले भने, यसै ऐतिहासिक पहल अन्तर्गत दिल्ली ट्यालेन्ट हन्ट हौसलो का उड़ान -को भव्य शुरुआत हुन गइरहेको छ जसको घोषणा आज एक प्रेस कन्फ्रेन्सको माध्यमबाट पूर्ण गर्वको साथमा गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande