उत्तर बङ्गाललाई प्राथमिकता, सरकारले एक वर्षभित्रमा सम्पूर्ण वाचाहरू पूरा गर्नेछः मुख्यमन्त्री शुभेन्दु अधिकारी
उत्तर बङ्गाललाई प्राथमिकता, सरकारले एक वर्षभित्रमा सम्पूर्ण वाचाहरू पूरा गर्नेछः मुख्यमन्त्री शुभेन्दु अधिकारी


सिलगढ़ी, 20 मई (हि.स.)। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो पहिलो उत्तर बङ्गाल भ्रमणमा ठूलो घोषणा गर्दै भने, भारतीय जनता पार्टी (भाजपा) सरकारले राज्यवासीहरूसित गरेका सबै वाचाहरूलाई एक वर्षभित्रमा पूरा गर्नेछ। उनले प्रष्ट पारे, विकास कार्यहरूमा उत्तर बङ्गाललाई विशेष प्राथमिकता दिइनेछ।

सिलगढ़ी पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने, हामीले सङ्कल्प पत्रमा गरेका वाचाहरूलाई तोकिएको समय-सीमाभित्रमा पूरा गर्नेछौं। कतिपयको लाभ मानिसहरूले पाउन थालिसकेका छन् र आगामी जून महिनादेखिको अन्य योजनाहरूको लाभ पनि प्राप्त हुनेछ। आगामी तीन महिना, छः महिना तथा एक वर्षभित्रमा सबै वाचा पूरा हुनेछ।

मुख्यमन्त्रीले भने, पछिल्लो केही चुनाउहरूमा उत्तर बङ्गालले भाजपालाई लगातार समर्थन गर्दै आएको छ, त्यसैले यो क्षेत्र सरकारको प्राथमिकतामा रहनेछ। उनले अझ भने, उत्तर बङ्गाल भाजपाको मजबुत गढ़ हो, त्यसैले विकास योजनाहरूमा यसलाई प्राथमिकता दिइनेछ।

मुख्यमन्त्रीले घोषणा गरे, आगामी जुलाई महिनामा उनी फेरि उत्तर बङ्गालको भ्रमणमा आउनेछन्। यस अवदि पार्टी कार्यकर्ता अनि सर्वसाधारणहरूबाट सुझाउ लिएर त्यसलाई लागू गर्ने चेष्टा गरिनेछ। उनले कार्कर्ताहरूसित भने, उनीहरूले आ-आफ्नो सुझाउ जिल्ला अध्यक्षको माध्यमबाट व्हाट्सएपमा पठाउन् ताकि सरकारसम्म सोझै पुग्न सकोस्।

आफ्नो भाषणमा शुभेन्दु अधिकारीले सत्ता परिवर्तन मात्र नभएर व्यवस्था परिवर्तनको कुरा समेत गरे। उनले भने, उनको सरकारमा कटमनी, सिण्डिकेट राज तथा माफिया गिरी जस्ता समस्याहरूको लागि कुनै ठाउँ हुनेछैन।

मुख्यमन्त्रीले पूर्व सरकारलाई लक्षित गर्दै आरोप लगाए, पहिला मानिसहरूलाई आपस्तमा विभाजन गर्ने प्रयास गरियो, विशेष गरी पहाड़ी क्षेत्रमा उनले आश्वासन दिए, नयाँ सरकारले सबै वर्गको आशामा खरो उत्रिनेछ अनि राज्यमा वास्तविक परिवर्तन ल्याउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande