पाकिस्तानी सीमाको छेउमा ड्रोनबाट झारिएको 1.5 किलोग्राम हेरोइन जफत
पाकिस्तानी सीमाको छेउमा ड्रोनबाट झारिएको 1.5 किलोग्राम हेरोइन जफत


जम्मू, 20 मई (हि.स.)। बिश्नास्थित जम्मू मुख्यालय जोन पुलिसले बुधवार बिहान सीमा क्षेत्रमा ड्रोनबाट झारिएको 1.5 किलोग्राम हेरोइनको ठूलो खेपलाई जफत गऱ्यो। त्यसपछि पाकिस्तानी नेटवर्क एवं सम्पर्कहरूको पत्तो लगाउनको लागाि एक व्यापक जाँच अभियान शुरू गरिएको छ।

पछिल्लो सप्ताह प्राप्त सठीक गुप्त जानकारीको आधारमा पुलिसको टीमले संदिग्ध क्षेत्रमा चौबिसै घण्टा निगरानी गरिरहेको थियो। होशियारी पूर्वक योजना त्यसबेला सफल भयो जतिबेला अवैध खेपलाई उसको लक्षित प्राप्तकर्ताहरूसम्म पुऱ्याउनअघि नै रोकेर जफत गरियो।

फोरेन्सिक विज्ञान प्रयोगशाला (एफएसएल)- को एक टीम जफत गरिएको उक्त प्रतिबन्धित सामग्रीको विस्तृत विश्लेषण गर्न अनि महत्वपूर्ण वैज्ञानिक प्रमाण जुटाउनको लागि घटनास्थलमा पुगेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande