आसनसोल नगरनिगममा तोड़फोड़, मेयर विधान उपाध्यायद्वारा सुरक्षको माग
आसनसोल नगरनिगममा तोड़फोड़, मेयर विधान उपाध्यायद्वारा सुरक्षको माग


कोलकाता, 20 मई (हि. स.)। पश्चिम बङ्गालको आसनसोलमा नगरनिगमलाई लिएर राजनीतिक तनाउ फेरि बढ़ेको छ। विधान उपाध्याय जो आसनसोल नगरनिगमका मेयर हुन्, आफ्नो परिषदका सदस्यहरू तथा पार्षदहरूलाई लिएर पश्चिम बर्दवानको जिल्लाधिकारी एस पोन्नमबलमको कार्यालयमा पुगे अनि हालैमा भएको तोड़फोड़को घटनालाई ध्यानमा राखेर सुरक्षाको माग गरे। डीएम श्री पोन्नमबलमले भने, उनलाई निगमका मेयर विधान उपाध्यायको सिकायत प्राप्त भएको छ। मामिलाको जाँच गरेपछि उचित कारबाही गरिनेछ।

मेयर विधान उपाध्यायले यस घटनालाई अत्यन्त निन्दनीय बताउँदै भने, एउटा सरकारी कार्यालयमा त्यो पनि मेयर परिषदका सदस्यहरूको उपस्थितिमा यस किसिमको तोड़फोड़ हुनु भनेको लोकतान्त्रिक व्यवस्थामाथि सोझै हमला हो। उनले आरोप लगाए, वर्तमान सत्ता पक्षका प्रतिनिधिहरूले यस घटनालाई परिणाम दिएका हुन् जसले निगमका निर्वाचित प्रतिनिधिहरूको गरिमालाई ठेस पुऱ्याएको छ।

उनले यो पनि स्पष्ट पारे, विधानसभा चुनाउमा भाजपाले जीत हासिल गरेर सरकार बनाए पनि आसनसोल नगरनिगमको बोर्ड फरवरी, 2027-सम्म वैध छ र यसलाई बेवास्ता गरेर यस किसिमको कारबाही गर्नु पूर्ण रूपले अनुचित छ। मेयरले भने, यस मामिलालाई जिल्ला अधिकारी समक्ष तथ्यहरूको साथमा राखिएको छ जसमाथि उनले उचित कारबाही गर्ने आश्वासन दिएका छन्।

घटनाको विरोधमा सम्बन्धित मानिसहरूविरूद्ध आसनसोल दक्षिण थानामा प्राथमिकी पनि दर्ता गरिएको छ। आरोप छ, यस अवधि पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको तस्वीरलाई पनि नोक्सान पुऱ्याइयो अनि निगम कार्यालयका मानिसहरूमाथि कुटपिट पनि गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande