पूर्व तृणमूल विधायक अदिती मुन्शीका पति पार्षद देवराज चक्रवर्ती पुलिस हिरासतमा
पूर्व तृणमूल विधायक अदिती मुन्शीका पति पार्षद देवराज चक्रवर्ती पुलिस हिरासतमा


कोलकाता, 20 मई (हि.स.)। पश्चिम बङ्गाल पुलिसले देवराज चक्रवर्तीलाई गए मङ्गलवार अबेर राती हिरासतमा लियो। देवराज गायिका एवं राजारहाट-गोपालपुरबाट पूर्व तृणमूल विधायक अदिती मुन्शीका पति हुन्। पुलिस अधिकारीहरूले बुधवार यस आशयको पुष्टि गरे।

तथापि पुलिसले अहिले यो स्पष्ट पारेको छैन कि देवराज चक्रवर्तीलाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा जाँचबुझको लागि मात्र हिरासतमा लिइएको हो। सूत्रानुसार वर्ष 2021-को विधानसभा चुनाउपछि भएको हिंसासित सम्बन्धित एउटा पुरानो मामिलामा उनलाई जाँचबुझ गरिँदैछ।

जानकारी मुताविक वर्ष 2021-को विधानसभा चुनाउको परिणाम घोषणा भएपछि भारतीय जनता पार्टी (भाजपा)-का कार्यकर्ता प्रसेनजीत विश्वासको संदिग्ध परिस्थितिमा मृत्यु भएको थियो। आरोप लगाइएको थियो, तिनलाई आत्महत्या गर्नको लागि बाध्य बनाइयो। त्यसताक यस घटनाको कारणले राज्यभरि नै राजनीतिक तनाउ उत्पन्न भएको थियो। यसलाई चुनाउपछि भएको हिंसाको मामिला बताउँदै सिकायत दर्ता गरिएको थियो।

सूत्रको भनाइ छ, यसै पुरानो मामिलामा देवराज चक्रवर्तीलाई जाँचबुझ गर्नको लागि हिरासतमा लिइएको हो। उनी बिधाननगर नगरनिगममा तृणमूल कङ्ग्रेसका पार्षद हुन्। यस मामिलामा पुलिसको पक्षबाट अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरिएको छैन।

देवराज चक्रवर्तीलाई लाेकसभामा तृणमूल कङ्ग्रेसका सांसद अभिषेक ब्यानर्जीको निकटवर्ती मानिन्छ। राज्मा भाडपाको सरकार गठन भएपछिे केही भाजपा नेताहरूले सोशल मीडिया मञ्च एक्समा उनीविरूद्ध कारबाही गर्ने माग गरेका थिए भने उनीमाथि आपराधिक गतिविधिहरूमा साेल रहेको आरोप लगाएका थिए।

राज्यमा सम्पन्न विधानसभा चुनाउमा अदिति मुन्शी राजारहाट-गोपालपुर सीटबाट परास्त भएकी थिइन्।मतगणना केन्द्र बाहिर उनलाई भावुक मुद्रामा देखिएकी थियो। त्यसताक उनले र उनका पतिले मीडियासित बातचित गर्न अस्वीकार गरेका थिए।

भाजपा सरकार बनेपछि तृणमूल कङ्ग्रेसका नेताहरूको कथित अवैध अनि आपराधिक गतिविधिहरूविरूद्ध पुलिस कारबाही तीव्र भएको छ। विभिन्न मामिलाहरूमा कानून-व्यवस्था भङ्ग गरेको तथा सामाजिक गतिविधिहरूको आरोपलाई लिएर लगातार छापामारीको कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande