अब प्रत्येक प्रशासनिक बैठकमा सबै दलका विधायकहरूलाई आमन्त्रण गरिनेछः मुख्यमन्त्री शुभेन्दु अधिकारी
अब प्रत्येक प्रशासनिक बैठकमा सबै दलका विधायकहरूलाई आमन्त्रण गरिनेछः मुख्यमन्त्री शुभेन्दु अधिकारी


सिलगढ़ी, 20 मई (हि.स.)। अब राज्यको प्रत्येक प्रशासनिक बैठकमा सबै दलहरूका विधायकहरूलाई आमन्त्रित गरिनेछ। विकास तथा योजनाहरूको सही क्रियान्वयनको लागि सबै जनप्रतिनिधिहरूको सहभागिता आवश्यक छ। विधायक मात्र होइन, बीजेपीको जस्तै विचारधारा भएका सांसदहरूलाई पनि यी बैठकहरूमा बोलाइनेछ। यसबाट प्रशासनिक कार्यमा पारदर्शिता तथा समन्वय बढ़्नेछ। बुधवार उत्तर बङ्गालको शाखा सचिवालय उत्तरकन्यामा आयोजित प्रशासनिक बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले सो मन्तव्य राखे। बैठकमा विधानसभा अध्यक्ष रथिन्द्र बोस, पञ्चायत मन्त्री दिलीप घोष, उत्तर बङ्गाल विकास मन्त्री निशीथ प्रमाणिक, मुख्य सचिव मनोज अग्रवाल, दार्जीलिङ लोकसभा सांसद राजू बिष्ट, मनोज टिग्गा, राज्यका डीजीपी सिद्धिनाथ गुप्ता औ उत्तर बङ्गालका भाजपा विधायकगण उपस्थित थिए।

मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो सम्बोधनमा भने, “राज्यको समग्र विकास र सरकारी योजनाहरूको सही क्रियान्वयनको लागि प्रशासनिक चर्चा हुन आवश्यक छ। हामीले तय गरेका छौं, प्रत्येक बैठकमा सबै दलका विधायकहरूलाई बोलाइनेछ चाहे त्यो कुनै पनि पार्टीको किन नहोस्।” उनले यो पनि स्पष्ट पारे, जनकल्याणकारी योजनाहरूलाई आम मानिसहरूसम् अधिक प्रभावकारी ढङ्गमा पुऱ्याउनको लागि यो पहल गरिएको हो। बैठकमा राज्यको प्रशासनिक स्थिति र विकास कार्यहरूको प्रगतिको समीक्षासँगसँगै पेट्रोलियम उत्पादहरूको वैश्विक सङ्कटमाथि पनि चर्चा गरियो। मुख्यमन्त्रीले आरोप लगाए, पछिल्लो सरकारको समयमा विधायक अनि सांसदहरूलाई प्रशासनिक बैठकहरूमा पर्याप्त महत्व दिइँदैनथ्यो। तर अब विकासको लागि जनप्रतिनिधि र प्रशासनबीच निकटवर्ती समन्वय हुन आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande