
उत्तर दिनाजपुर, 20 मई (हि. स.)। बिहारको दरभङ्गामा भएको आत्म काँप्ने पारिवारिक हत्याकाण्डपछि एउटै परिवारका चार जना सदस्यहरूको शवलाई बुधवार उत्तर दिनाजपुर जिल्लाको करनदिघीमा थाना अन्तर्गत रसाखोवा महेशपुर गाउँमा ल्याइयो। शवहरू गाउँमा आइपुग्नसाथ सम्पूर्ण क्षेत्र शोकमा डुब्यो भने परिवारका सदस्यहरू र स्थानीय मानिसहरूको रोएर बेहाल भयो।
स्थानीय सूत्र अनुसार महेशपुर निवासी सञ्जीत दास हालैमा आफ्नो परिवारसित बिहारको दरभङ्गा जिल्ला अन्तर्गत एक पोल्ट्री फार्ममा काम गर्न गएका थिए जहाँ उनीहरू भाड़ाको घरमा बस्दै आएका थिए। भनिन्छ, गए मङ्गलवार बिहान सवेरै सञ्जीत दासले अचानक भक्षक बन्दै आफ्नी पत्नी फूलकुमारी दास, दुईजना छोरा अनि एकजना छोरीको निर्मम हत्या गरिदियो।
घटनाको सूचना पाएर बिहार पुलिस घटनास्थलमा पुग्यो अनि आरोपी सञ्जीत दासलाई पक्राउ गऱ्यो। चारैजनाको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको थियो जसपश्चात आज उनीहरूको शवलाई पैतृक गाउँमा ल्याइएको छ।
मृतका फूलकुमारीका पिताले बताए, परिवारमा पछिल्लो लामो समयदेखिकै विवाद भइरहेको थियो। उनको आरोप छ, सञ्जीतले फलामको रडले कुटेर सबैको हत्या गरेको हो।
यस जघन्य घटनाबाट गाउँका मानिसहरू स्तब्ध भएका छन्। एकजना पिताले आफ्नै परिवारलाई सखाप पारेको घटनाले सबैलाई झक्झकाइदिएको छ। ग्रामीणहरूले आरोपीविरूद्ध कड़ाभन्दा कड़ा सजाय दिने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा