गोजमुमो चुनभटी खण्डको कोठीडाँड़ा शाखा समिति गठन
गोजमुमो चुनभटी खण्डको कोठीडाँड़ा शाखा समिति गठन


खरसाङ, 20 मई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय अध्यक्ष बिमल गुरुङको आदेशमा युवा केन्द्रिय सदस्य योगराज प्रधानको पहलमा तीनधारे महानदी समष्टि अन्तर्गत चुनभटी खण्डको कोठीडाँड़ा शाखा समिति गठन गरिएको छ। चुनभटी ब्लकका संयोजक तिलक थापाको अध्यक्षतामा आज आयोजित सभामा समिति गठन गरियो।

शाखा समितिमा सभापति रोशन छेत्री, सचिव दावा तामाङ र कोषाध्यक्षा राधा प्रधान चयन भएका छ्न्। यसैगरी, नारी मोर्चालाई संगठित गरी चॉंडै शाखा समिति गठनार्थ अनु प्रधानलाई नारी मोर्चाकी संयोजिकाको पदमा सर्वसम्मतिद्वारा चयन गरिएको छ। दुवै समितिका सल्लाहकार क्रमैले अंजली छेत्री, निर्मला प्रधान र शंकर सिंहसहित चौधजनाको कार्यकारी सदस्य सदस्या मनोनित भएका छन्।

सभामा जीपीटीओ तीनधारे क्षेत्र प्रतिनिधि शंकरसिंह, राजाबाड़ी शाखाबाट ध्रुब सेवासहित चुनभटी कोठीडाँड़ाका सम्पूर्ण गाउँलेहरु उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande