राज्यपालले नवाचार अपनाउन र जैविक उत्पादहरूलाई अझ बढाउन प्रोत्साहित गरे
राज्यपालले नवाचार अपनाउन र जैविक उत्पादहरूलाई अझ बढाउन प्रोत्साहित गरे


गान्तोक, 20 मई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर गेजिङ जिल्ला भ्रमणको पहिलो दिन आज सिक्किमको पहिलो राजधानी योक्सम पुगे। उनी यहॉं कञ्चनजङ्घा राष्ट्रिय उद्यान हलमा आयोजित एक विशेष कार्यक्रममा मुख्य अतिथिका रूपमा सहभागी बने।

लोकभवनका अनुसार, कार्यक्रम स्थलमा राज्यपालले स्वयं सहायता समूहद्वारा आत्मनिर्भरता अन्तर्गत निर्मित पारम्परिक हस्तशिल्प र स्थानीय उत्पादहरूको प्रदर्शनीको अवलोकन गरे। यस अतिरिक्त, राज्यपालले केन्द्र सरकारको महत्वकांक्षी 'पीएम सूर्य घर: नि:शुल्क बिजुली योजना' अन्तर्गत लगाइएका रूफ टप सोलर सिस्टमको उद्घाटन गरेर लाभार्थीहरूलाई समर्पित गरे।

कार्यक्रममा राज्यपालले कञ्चनजङ्घा कन्जर्वेशन कमिटी, स्थानीय पञ्चायत सदस्यहरू, वन विभागका अधिकारीहरू र स्वयं सहायता समूहसॅंग समीक्षा बैठक र संवाद कार्यक्रममा भाग लिए। यस क्रममा उनले क्षेत्रमा चलिरहेका विकास कार्यहरूको प्रगतिको जायजा लिए। स्वयं सहायता समूहका महिलाहरू र जनप्रतिनिधिहरूले आआफ्नो कार्यहरू र उपलब्धिहरूको बारेमा राज्यपाललाई जानकारी गराए।

राज्यपालले स्थानीय जनसमूहलाई प्रेरित गर्दै सिक्किममा विकासका असीम सम्भावनाहरू रहेको बताए। उनले सबैलाई नवाचार अपनाउन र सिक्किमको जैविक उत्पादहरूलाई अझ बढाउन प्रोत्साहित गरे। यस अवसरमा क्षेत्रमा राष्ट्रियकृत ब्याङ, स्वयं सहायता समूहका लागि कार्यालय आदि मागहरू राखिएको थियो।

यस अवसरमा क्षेत्र विधायक टीटी भोटिया, सांसद इन्द्रहाङ सुब्बा, गेजिङका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्गपा, पुलिस अधीक्षक छिरिङ शेर्पा, विभिन्न विभागका वरिष्ठ अधिकारीहरू आदि पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande