
गुवाहाटी, 21 मई, (हि.स.)। असम विधानसभाको 16औं सत्रको शुरूआत आजदेखि भइरहेको छ। सत्रको पहिलो दिन आज विधानसभा अध्यक्षको पदको लागि चुनाउ आयोजना गरिनेछ भने मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा नेतृत्वाधिन सरकारले आफ्नो बहुमत साबित गर्नेछ। यसै सत्रमा सरकारले समान नागरिक संहिता (यूसीसी) विधेयक पेश गर्नेछ जसलाई लिएर सदनमा रड़ाँको मचिने आशङ्का छ। उल्लेख्य, मोठ 22 जना विपक्षी विधायकहरूमध्ये 20 जना विधायक मुस्लिम समुदायका छन्।
उल्लेखनीय छ, गए बुधवार विधानसभा अध्यक्ष पदका लागि विधायक रञ्जीत दासको समर्थनमा एनडीए प्रतिनिधिमण्डलले नामाङ्कन पत्र दर्ता गऱ्यो। मन्त्री अतुल बोरा, चन्द्रमोहन पटवारी, विधायक पीयूष हजारिका, केशव महन्त र मानव डेकाले संयुक्त रूपमा रञ्जीत दासको नामाङ्कन प्रस्तुत गरेका थिए।
यसपूर्व वरिष्ठ भाजपा नेता चन्द्रमोहन पटवारीले राज्यपाल समक्ष प्रोटेम स्पीकरको रूपमा शपथ ग्रहण गरेका थिए। उनको नेतृत्वमा आज विधानसभाको प्रारम्भिक कारबाही तथा अध्यक्ष चुनाउको प्रक्रिया सम्पन्न गराइनेछ।
यता विधानसभामा प्रतिपक्षका नेतालाई लिएर पनि राजनीतिक गतिविधि तीव्र भएको छ। स्वतन्त्रता पश्चात पहिलो पटक असम विधानसभामा कुनै “मियाँ” समुदायका नेतालाई विपक्षको नेता बनाउनेमाथि चर्चा भइरहेको छ। वाजेद अली चौधरीलाई विपक्षको नेता बनाइने सम्भावना व्यक्त गरिँदैछ। यस मुद्दामा सत्ता अनि विपक्षमाझ चर्को राजनीतिक प्रतिक्रिया देखिनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा