
गुवाहाटी, 21 मई, (हि.स.)। रञ्जीत कुमार दासले बिहीवार दोस्रो पटक असम विधानसभाको अध्यक्ष पदको शपथ लिएपछि औपचारिक रूपमा आफ्नो पदभार ग्रहण गरे। शपथ ग्रहणपछि मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले उनलाई विधानसभास्थित अध्यक्ष कार्यालयसम्म लिएर गए।
यस अवसरमा प्रोटेम स्पीकर चन्द्र मोहन पटवारी, पूर्व विधानसभा अध्यक्ष बिस्वजीत दैमारी, असम गण परिषदका अध्यक्ष एवं मन्त्री अतुल बोरा सहित एनडीए गठबन्धनका केही वरिष्ठ विधायकहरू उपस्थित थिए।
रञ्जीत कुमार दासले यस गरिमामय अवसरमा प्राप्त स्नेह, समर्थन तथा सहयोगको निम्ति सबै नेता अनि विधायकहरूप्रति आभार व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा