विधानसभा सत्रको पहिलो दिन विधायकको रूपमा मुख्यमन्त्री हिमन्त बिस्व सरमाले लिए शपथ
विधानसभा सत्रको पहिलो दिन विधायकको रूपमा मुख्यमन्त्री हिमन्त बिस्व सरमाले लिए शपथ


गुवाहाटी, 21 मई, (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार 16औं असम विधानसभाको नयाँ सत्रको पहिलो दिन विधायकको रूपमा शपथ ग्रहण गरे। उनलाई प्रोटेम स्पीकर चन्द्र मोहन पटवारीले शपथ दिलाए। मुख्यमन्त्रीले असमिया भाषामा शपथ लिए।

सदनको कारबाही शुरू हुनअघि प्रोटेम स्पीकरले सबै निर्वाचित विधायकहरूलाई बताए, उनीहरूले आफ्नो मनपर्दो कुनै पनि मान्यता प्राप्त भाषामा शपथ लिन सक्नेछन् साथै शपथको प्रति विधानसभा कार्यालयमा जमा गराउन सक्नेछन्।

मुख्यमन्त्रीपछि विभिन्न दलका विधायकहरूले असमिया, बङ्गला, बोडो तथा संस्कृत भाषामा शपथ ग्रहण गरे जसबाट राज्यका भाषागत विविधताको झलक देख्न पाइयो।

यो शपथ ग्रहण समारोह हालैमा सम्पन्न विधानसभा चुनाउमा एनडीएको प्रचण्ड जीतपछि आयोजना गरिएको हो। भारतीय जनता पार्टी (भाजपा) नेतृत्वाधिन गठबन्धनमा सामेल असम गण परिषद (एजीपी) र बोडोल्याण्ड पीपुल्स फ्रन्ट (बीपीएफ)-ले 126 सदस्यीय विधानसभामा मोठ 102 सीटमा जीत दर्ता गरायो।

चुनाउमा भाजपालाई 82 वटा सीट प्राप्त भयो भने एजीपीर बीपीएफले 10-10 वटा सीट हासिल गऱ्यो। विपक्षमा कङ्ग्रेसलाई 19 वटा सीट प्राप्त भयो। राइजर दलले 2 वटा सीटमा जीत दर्ता गरायो। अखिल भारतीय संयुक्त लोकतान्त्रिक मोर्चा (एआईयूडीएफ) औ तृणमूल कङ्ग्रेसलाई क्रमशः दुई वटा र एउटा सीट प्राप्त भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande