
कोलकाता, 21 मई (हि.स.)। पूर्व केन्द्रिय आर्म पुलिस फोर्स वेलफेयर एसोसिएशनको पक्षबाट पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई एक महत्वपूर्ण ज्ञापन सुम्पिइयो। सङ्गठनले दुर्गापुरमा सीजीएचएस (सेन्ट्रल गभर्नमेन्ट हेल्थ स्कीम) वेलनेस सेन्टर स्थापना गर्ने माग उठाएको छ। सङ्गठनका प्रतिनिधिहरूले आफ्नो माग उल्लेखित ज्ञापन पत्र मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई सुम्पिए।
ज्ञापनमा बताइएको छ, दुर्गापुर तथा वरपरका क्षेत्रहरूमा बसोबास गर्ने सीआरपीएफ, बीएसएफ, एसएसबी, सीआइएसएफ, आइटीबीपी औ असम राइफल्सका सेवानिवृत्त जवानहरूलाई उपचारको निम्ति विविध समस्याको सामना गर्न परिरेहको छ। वर्तमानमा उनीहरूलाई सीजीएचएस अन्तर्गत सूचीबद्ध अस्पतालहरूमा उपचार गराउनको लागि टाड़ा-टाड़ाका शहरहरूमा जानुपर्छ जसबाट समय अनि पैसा दुवै खर्च हुन्छ।
सङ्गठनको भनाइ छ, यस क्षेत्रमा लगभग दुई-तीनसय पूर्व अर्धसैनिक बलका जवानहरू र उनीहरूका परिवारहरू बसोबास गर्दै आएका छन् जसलाई स्थानीय स्तरमा उन्नत स्वास्थ्य सुविधा उपलब्ध गराउनु अत्यन्त आवश्यक छ। सङ्गठनले मुख्यमन्त्रीसित माग गरेको छ, दुर्गापुरमा चाँड़ै सीजीएचएस वेलनेस सेन्टर स्थापना गरियोस् ताकि पूर्व जवानहरू तथा उनीहरूका परिवारहरूले राहत पाउन सकुन्।
सङ्गठनका सदस्यहरूले आशा व्यक्त गरेका छन्, राज्य सरकारले यस मागमा सकारात्मक कदम उठाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा