मुख्यमन्त्री शुभेन्दु अधिकारी पुगे बेलुड़ मठ, सन्तहरूको आशीर्वाद ग्रहण गरे
मुख्यमन्त्री शुभेन्दु अधिकारी पुगे बेलुड़ मठ, सन्तहरूको आशीर्वाद ग्रहण गरे


कोलकाता, 21 मई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पदभार ग्रहण गरेपछि पहिलो पटक ऐतिहासिक बेलुड मठको दौड़ाह गरे। मई, 2026-मा मुख्यमन्त्री पदको शपथ लिएपछि बिहीवार बिहान उनी रामकृष्ण मठ र रामकृष्ण मिशनको मुख्यालयमा पुगे। उनको यस भ्रमणलाई मध्यनजर गर्दै मठ परिसरमा सुरक्षाको कड़ा प्रबन्ध गरिएको थियो। यस अवधि श्रद्धालु अनि आम मानिसहरूमा विशेष उत्साह देखियो।

राज्यका प्रशासनिक कार्यहरूको शुभारम्भ गर्नअघि आध्यात्मिक आशीर्वाद लिनु नै यस यात्राको मुख्य उद्देश्य थियो।

बेलुड़ मठमा पुगेपछि मुख्यमन्त्री सबैभन्दा पहिला मुख्य श्रीरामकृष्ण मन्दिरमा गए जहाँ उनले श्रीरामकृष्ण परमहंसको प्रतिमामा पुष्पाञ्जली अर्पण गरी पूजा गरे। त्यसपछि उनले स्वामी विवेकानन्दको स्मृति कक्षमा गएर श्रद्धापूर्वक नमन गरे। यसै क्रममा उनले स्वामी ब्रह्मानन्द मन्दिर र माँ सारदा देवी मन्दिरमा पनि श्रद्धा अर्पण गरे। मठको शान्त वातावरणमा केही समय बिताएपछि मुख्यमन्त्रीले मठका अध्यक्ष महाराजसित शिष्टाचार भेट गरे। यस अवधि मठका वरिष्ठ सन्यासीहरूले उनलाई 'उत्तरिय' पहिराएर सम्मानित गरे अनि पवित्र प्रसाद भेंट गरे। स्वामी गोतमानन्द महाराजले राज्यको शान्ति, जनकल्याण तथा समृद्धिको कामना गर्दै मुख्यमन्त्रीलाई आशीर्वाद दिए।

मीडियासित बातचित गर्दै मुख्यमन्त्रीले भने, स्वामी विवेकानन्दको आदर्श तथा रामकृष्ण मिशनको मानव सेवाको भावनाले समाजलाई सदैव दिशा दिन्छ। उनले भने, राज्यका साढ़े दश करोड़ मानिसहरूको सेवा गर्ने जुन जिम्मेवारी उनलाई प्राप्त भएको छ, त्यसलाई सफलतापूर्वक निर्वाह गर्न अनि प्रदेशमा शान्ति व्यवस्थालाई कायम राख्नको लागि उनी यहाँ आशीर्वाद लिन आएका हुन्। उनले मठका सन्यासीहरू र उनीहरूको निःस्वार्थ कार्यहरूप्रति गहिरो कृतज्ञता प्रकट गरे।

आध्यात्मिक दौड़ाह समाप्त गरेपछि मुख्यमन्त्री सोझै हावड़ामा आयोजित एक उच्चस्तरीय प्रशासनिक बैठकमा सामेल यहाँबाट प्रस्थान भए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande