दुर्गापुरमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको पहिलो प्रशासनिक बैठक
दुर्गापुरमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको पहिलो प्रशासनिक बैठक


बर्दवान, 21 मई (हि.स.)। मुख्यमन्त्री शुभेन्दु अधिकार बिहीवार बर्दवान जिल्लाको दुर्गापुरस्ति सृजनी हलमा आफ्नो पहिलो प्रशासनिक बैठक गरिरहेका छन्। यस बैठकमा पाँच वटा जिल्लाहरू क्रमैले पूर्व र पश्चिम बर्दवान, बीरभूम, बाँकुड़ा तथा पुरुलियाका प्रशासनिक एवं पुलिस अधिकारीहरूसित व्यापक समीक्षा गरिनेछ।

मुख्यमन्त्री बिहीवार कोलकाताको चिनार पार्कस्थित आफ्नो आवासबाट निक्लेर सबैभन्दा पहिला बेलुर मठमा जानेछन्। त्यहाँ पूजा-अर्चना गरेपछि उनी हावड़ा जिल्लाधिकारी कार्यालयमा पुग्नेछन् अनि अधिकारीहरूसित औपचारिक भेट गर्नेछन्। त्यसपछि दमदम एयरपोर्टदेखि विशेष विमान मार्फत अण्डाल एयरपोर्ट तर्फ प्रस्थान हुनेछन्।

अण्डाल एयरपोर्टमा पुगेपछि पार्टी कार्यकर्ताहरूले उनलाई भव्य स्वागत गर्नेछन्। त्यसपछि सड़क मार्ग भएर उनी दुर्गापुरस्थित सृजनी हलमा पुग्नेछन् जहाँ अपरान्ह दुई बजेदेखि प्रशासनिक बैठक शुरू हुनेछ।

यस महत्वपूर्ण बैठकमा सम्बन्धित पाँच वटा जिल्लाहरूका जिल्लाधिकारी, पुलिस अधीक्षक, सबै खण्ड विकास पदाधिकारी (बीडीओ) तथा थाना प्रभारी समेत ठूलो सङ्ख्यामा प्रशासनिक अधिकारीहरू उपस्थित रहनेछन्। यस बैठकलाई पूर्ण रूपले गोपनीय राखिनेछ। बाहिरका मानिसहरू तथा मीडिया समेतलाई प्रवेश गर्नदेखि रोक लगाइनेछ।

बैठकपछि मुख्यमन्त्रीले पत्रकारहरूसित बातचित गर्नेछन्, त्यसपछि अण्डाल एयरपोर्टबाट विशेष विमानद्वारा कोलकाता फर्किनेछन्।

मुख्यमन्त्रीको यस भ्रमणलाई लिएर पुलिस तथा प्रशासनिक जगतमा विशेष उत्साह देखिएको छ। हिजोआज उनले पुलिसको समर्थनमा दिएका बयानहरूले गर्दा अधिकारीहरूमा सकारात्मक आशा जागेको छ।

राजनीतिक एवं प्रशासनिक दृष्टिले यस भ्रमणलाई अत्यन्त महत्वपूर्ण मानिँदैछ जसबाट आगामी दिनमा क्षेत्रीय विकास तथा प्रशासनिक कार्यप्रणालीले नयाँ दिशा पाउनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande