राजीव गान्धीको पुण्यतिथिमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली
राजीव गान्धीको पुण्यतिथिमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली


कोलकाता, 21 मई (हि. स.)। भारतका छैटौं प्रधानमन्त्री राजीव गान्धीलाई उनको पुण्यतिथिमा पश्चिम बङ्गालकी पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले श्रद्धाञ्जली अर्पण गरेकी छन्। यस सम्बन्धमा उनले बिहीवार सोशल मीडिया फेसपुकमा पोस्ट गरेकी छन्। आफ्नो पोस्टमा ममता ब्यानर्जीले लेखिन्, भारतका छैटौं प्रधानमन्त्री राजीव गान्धीलाई उनको पुण्यतिथिमा नमन।

राजीव गान्धीको जन्म 20 अगस्त, 1944-मा भएको थियो। उनी इन्दिरा नेहरू र फिरोज गान्धीका जेठा छोरा थिए। उनी 31 अक्टोबर, 1984-मा आफ्नी आमाको मृत्यु भएको दिन 40वर्षको उमेरमा देशका सबैभन्दा कम उमेरका प्रधानमन्त्री भएका थिए। आम चुनाउपछि 2 दिसम्बर, 1989-मा राजीनामा नदिउञ्जेलसम्म उनी भारतका प्रधानमन्त्री नै रहिरहे। राजनीतिमा आउनअघि राजीव इण्डियन एयरलाइन्सका एकजना प्रोफेशनल पायलट थिए। क्याम्ब्रिजमा बस्दा उनको भेट इटलीमा जन्मेकी सोनिया माइनोसित भयो जोसित उनले 1968-मा विवाह पनि गरे।1984 सालमा अपरेशन ब्लू स्टारको जवाफमा इन्दिरा गान्दीको हत्या गरिएपछि नेशनल कङ्ग्रेसका नेताहरूले राजीवलाई देशका प्रधानमन्त्री चुने।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande