दिल्लीमा लुको कहर, दुई जना मानिस अस्पतालमा भर्ती, अवस्था गम्भीर
दिल्लीमा लुको कहर, दुई जना मानिस अस्पतालमा भर्ती, अवस्था गम्भीर


नयाँ दिल्ली, 21 मई (हि.स.)। दिल्लीमा अत्यधिक गर्मी औ लूले गर्दा दुई जना मानिसहरूलाई अस्पतालमा भर्ती गरिेको छ। अहिलेघरि दुवै रोगीको अवस्था गम्भीर रहेको बताइएको छ।

पहिलो मामिला गए बुधवार अबेर रातीको हो। राम मनोहर लोहिया अस्पतालका डा. अजय चौहानले बताए, गए राती 1:45 बजे एकजना 24 वर्षीय छात्रलाई हीट स्ट्रोकको लक्षणसितै अस्पतालमा ल्याइयो। यी युवक पश्चिम बङ्गालका निवासी हुन् जसले ट्रेन मार्फत यात्रा गरिरहेका थिए। उसलाई वान्ता, पखाला तथा अत्यधिक थकानको समस्या भएको थियो। अस्पतालमा तुरून्त इमर्शन कुलिङ्गको प्रक्रिया अप्नाइयो अनि उसलाई भर्ती गरियो। हाल रोगीको अवस्था गम्भीर रहेको बताइएको छ जो उपचाराधिन छन्।

दोस्रो मामिला बिहीवार बिहान 10:45 बजे दर्ता भएको हो। लगभग 50 वर्षीय एकजना व्यक्तिलाई पुलिसले अचेत अवस्थामा लिएर आयो। उसको शरीरको तापमान अत्यधिक धेर थियो। डाक्टरहरूले तुरून्तै उसलाई श्वास नलीमा ट्यूब पसाएर भेन्टिलेटर सपोर्टमा राखे तथा बरफको चिसो पानीमा डुबाएर चिसो बनाउने प्रक्रिया शुरू गरे। उसको अवस्था पनि गम्भीरै रहेको छ। डाक्टरहरूले बताए, रोगीको ठेगाना तथा बिमारीहरूको बारेमा जानकारी पाउन सकिएको छैन। किनभने उसित आफन्त कोही पनि थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande