डीयू कुलपतिले आईसीसीआर प्रतिनिधिमण्डलसित गरे बैठक
डीयू कुलपतिले आईसीसीआर प्रतिनिधिमण्डलसित गरे बैठक


नयाँ दिल्ली, 21 मई (हि.स.)। संस्थागत सहयोगलाई मजबुत बनाउने उद्देश्य अन्तर्गत दिल्ली विश्वविद्यालय (डीयू) का कुलपति प्रो. योगेश सिंहले भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आईसीसीआर) को एक उच्च-स्तरीय प्रतिनिधिमण्डलसित बैठक गरे।

यस प्रतिनिधिमण्डलको नेतृत्व आईसीसीआरकी महानिदेशक के. नन्दिनी सिङ्गलाले गरेकी थिइन्। बैठकको मुख्य उद्देश्य अन्तर्राष्ट्रियकरण, सांस्कृतिक सम्बन्ध औ विद्यार्थीहरूसम्मको पहुँचलाई प्रेरित गर्नको लागि संस्थागत सहयोगलाई मजबुत बनाउनु हो।

बैठकमा भएको सामूहिक चर्चामा दुवै संस्थाले दिल्ली विश्वविद्यालयमा अधिक सङ्ख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्ने रणनीतिमाथि कुराकानी गरियो अनि विश्वविद्यालयलाई एउटा रूचिकर वैश्विक शैक्षणिक केन्द्रको रूपमा स्थापित गर्ने उपायहरूमाथि विचार गरियो। यसमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूसित सम्बन्धको मामिलामा विभिन्न चुनौती तथा सहयोगात्मक पहलहरूको माध्यमबाट त्यसमाथि नियन्त्रण राख्ने उपायहरूमाथि पनि चर्चा गरियो।

बैठकमा आईसीसीआरका प्रतिनिधिहरू क्रमैले उपमहानिदेशक डा. राजेश रञ्जन, छात्रवृत्ति निदेशक डा. सञ्जय वेदी औ विनोद रानी कपूर सामेल थिए भने डीयूको प्रतिनिधित्व कुलपति प्रो. योगेश सिंहको नेतृत्वमा रजिस्ट्रार डा. विकास गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्धकी अध्यक्षा प्रो. नीरा अग्निमित्रा एवं विदेशी छात्र रजिस्ट्रीकी डीन प्रो. रूपम कपूरले गरेकी थिइन्।

चर्चामा सांस्कृतिक कुटनीति एवं विद्यार्थीहरूको कल्याणको महत्वमाथि बल दिइयो। यस सम्बन्धमा दुवै पक्षमाझ विदेशी विद्यार्थीहरूको लागि योग सत्र शुरू गर्ने सहमति कायम भयो। यसको सातै भारतीय नृत्य एवं सङ्गीतको सत्र पनि आयोजना गरिनेछ जसको उद्देश्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भारतको समृद्ध सांस्कृतिक धरोहर एवं कल्याणकारी परम्पराहरूसित गहिराई पूर्वक परिचित गराउनु हो। यस पहलको उद्देश्य भारतको यस्तो वैश्विक दूत जन्माउनु हो जो सांस्कृतिक रूपले समृद्ध होस्।

यस अवसरमा कुलपतिले प्रतिनिधिमण्डलाई ऐतिहासिक 'वाइस रीगल लज' को भ्रमण पनि गराउँदै यस प्रतिष्ठित धरोहर भवनको समृद्ध ऐतिहासिक धरोहरको बारेमा जानकारी साझा गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande