सड़क दुर्घटनामा बुजुर्ग महिलाको मृत्यु
सड़क दुर्घटनामा बुजुर्ग महिलाको मृत्यु


जलपाईगुड़ी, 21 मई (हि.स.)। जिल्लाके राजगञ्ज ब्लकमा भएको एक सड़क दुर्घटनामा एक जना बुजुर्ग महिलाको मृत्यु भयो। घटना गए बुदवार राती सिलगढ़ी-आमबाड़ी राज्य सड़कको गोकुलभिटा क्षेत्रमा भएको हो। मृतकाको पहिचान अल्पी रायको रूपमा भएको छ जो राजगञ्ज ब्लकको पेलकाभिटा गाउँका निवासी थिए।

परिवार मुताविक तिनी दुई दिनअघि आफ्नी छोरीको घरमा गएकी थिइन् भने गए बुधवार राति टोटो मार्फत आफ्नो घर फर्किरहेकी थिइन्। भनिन्छ, टोटोबाट उत्रिने क्रममा एउटा द्रूत गतिको बाइकले उनलाई भयानक ठक्कर दियो। ठक्करको कारणले अल्पी रायको शिरमा गम्भीर चोट लाग्यो। जबकि बाइक चालक घटनास्थलबाट भाग्यो। सूचना पाएर भोरेर आलो थाना र क्यानल रोड ट्राफिक आउटपोस्टको पुलिस घटनास्थलमा पुग्यो। गम्भीर रूपमा घाइते अल्पी रायलाई एम्बुलेन्स मार्फत तुरून्तै उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। पुलिसले अज्ञात बाइकलाई खोज्न शुरू गरेको छ साथै सम्पूर्ण मामिलाको जाँच पनि गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande