
कोलकाता, 21 मई (हि.स.)। दक्षिण 24 परगना जिल्लाको फलता विधानसभा सीटमा बिहीवार पुनर्मतदान शान्तिपूर्ण माहोलमा शुरू भयो। बिहान 7 बजेदेखि मतदान प्रक्रिया शुरू हुनसाथ विभिन्न बूथहरूमा मतदाताहरूको लामो ताँत देखियो। ठूलो सङ्ख्यामा मानिसहरू उत्साही भएर मतदान केन्द्रहरूमा पुगिरहेका छन्। सम्पूर्ण क्षेत्रमा चुनावी उत्सव जस्तो माहोल देखिंदैछ।
निर्वाचन आयोगले पुनर्मतदानलाई निष्पक्ष एवं शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउनको लागि सुरक्षाको कड़ा प्रबन्ध गरिएको छ। सम्पूर्ण विधानसभा क्षेत्रमा 35 कम्पनी केन्द्रिय बलहरूलाई तैनाथ गरिएको छ जुन पछिल्लो मतदानको तुलनामा लगभग दुईगुणा हो। यस अतिरिक्त कुनै पनि अप्रिय स्थितिको सामना गर्नको लागि 30 क्विक रेस्पन्स टीमलाई पनि सक्रिय राखिएको छ।
तथापि मतदान शुरू भएको केही समयपछि यो जानकारी प्राप्त भएको छ, तृणमूल कङ्ग्रेसका उम्मेद्वार जहाँगीर खानको घर नजिकै अवस्थित केही बूथहरूमा पार्टी एजेन्टहरू उपस्थित छैनन्। भनिन्छ, उनको घर नजिक न्यूनतम पनि दुई वटा बूथमा तृणमूलका एजेन्टहरू उपस्थित छैनन्।
उल्लेखनीय छ, गत 29 अप्रेलमा भएको विधानसभा चुनाउको दोस्रो चरणमा फलता सीटमा मतदान भएको थियो, तर इलेक्ट्रनिक भोटिङ्ग मशिनमा कथित गड़बड़ी तथा व्यापक रूपमा धाँधली भएको आरोप उठेपछि निर्वाचन आयोगले सम्पूर्ण विधानसभा क्षेत्रको मतदानलाई रद्द गरी पुनर्मतदान गराउने फसेला लिएको थियो।
यसबीच मतदान हुन 48 घण्टाअघि तृणमूल कङ्ग्रेसका उम्मेद्वार जहाँगीर खानले चुनावी मैदानबाट पछि हट्ने घोषणा गरेका थिए। तथापि निर्वाचन आयोगको नियमानुसार उनको नाम इलेक्ट्रनिक भोटिङ्ग मशिनमा अङ्कित भइसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा