
खरसाङ, 21 मई (हि.स.)। तीनधारे महानदी समष्टि अन्तर्गत गिताङ्गे चिया बगानमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) को शाखा गठनका लागि आज एक सभा आयोजना गरियो। उक्त सभामा गोजमुमो युवा मोर्चा खरसाङ महकुमा समितिका अध्यक्ष सत्यवान छेत्री, सदस्य कृष्णा राई, गोजमुमो तीनधारे महानदी समष्टि अध्यक्ष ऐतमान राई, सिविटार गिताङ्गे खण्ड समितिका संयोजक शेखर राई, गोजमुमो सिविटार गिताङ्गे खण्ड समितिका सभापति राजु छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए।
सभामा गोजमुमो गिताङ्गे शाखा कमिटी गठन गरियो। यस कमिटीमा सभापति पुरण बस्नेत, उप सभापति रञ्जन तामाङ, सचिव अभिषेक छेत्री, सह सचिव सागर तामाङ, कोषाध्यक्ष विश्व विष्ट र हिमा छेत्री, सल्लाहकारमा प्रसाद बिष्ट, विक्रम बिष्ट, रवि विश्वकर्मा लगायत सातजनाको कार्यकारी सदस्यहरुसहित गिताङ्गे शाखा कमिटी गठन गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक