
कोलकाता, 21 मई (हि.स.)। बङ्गाल आइसीटी स्कूल कोअर्डिनेटर वेलफेयर एसोसिएशनको ब्यानरमा स्कूल कोअर्डिनेटरहरूको एक प्रतिनिधिमण्डल मुख्यमन्त्री शुभेन्दु अधिकारीसित भेट गर्नको लागि सृजनी हलको बाहिर पुगे अनि आफ्नो मागलाई लिएर आवाज उठाए।
सङ्गठनका सदस्य स्वरुप पानले बताए, उनीहरूले पश्चिम बङ्गालका स्कूलहरूमा स-साना बाल-बालिकाहरूलाई कम्प्यूटर शिक्षा दिने जस्तो महत्वपूर्ण कार्य गर्दछन्। तथापि बितेको केही वर्षदेखिको उनीहरूलाई उचित पारितोषिक दिरहेको छैैन। उनीहरूले आरोप लगाए, पूर्वमा पनि कैयौं पटक सरकार समक्ष आफ्नो माग राखिएको भए पनि अहिलेसम्म कुनै समाधान हुन सकेको छैन।
प्रतिनिधिमण्डलको भनाइ छ, राज्यमा नयाँ सरकार गठन भएपछि उनीहरूलाई आशा लागेको छ कि उनीहरूको समस्यामाथि ध्यान दिइनेछ। यसै उद्देश्यले उनीहरू मुख्यमन्त्री समक्ष आफ्नो माग राख्न यहाँ आएका हुन्।
सङ्गठन अनुसार पश्चिम बङ्गालमा लगभग 5206 कम्प्यूटर शिक्षकहरू कार्यरत छन् जसलाई मात्र लगभग दश हजार रुपियाँ पारितोषिक दिइन्छ जुन उनीहरूको काम अनुरूप छैन। सङ्गठनले सरकारसित वेतन वृद्धि तथा स्थायी समाधानको माग गर्दै चाँड़ै कारबाही गर्ने अपील गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा