
- 28औँ दिन अनसन पुगिसक्दा पनि श्रमिकहरुले न्याय नपाएको गुनासो
खरसाङ, 21 मई (हि.स.)। अन्तरराष्ट्रिय चिया श्रमिक दिवसको दिन पनि खरसाङको लङभ्यू चिया कमानमा श्रमिक आन्दोलन जारी रहेको छ। अन्शनले आज 28औँ दिन प्रवेश गरेको छ भने यतिका दिनसम्म पनि चिया श्रमिकहरुले न्याय पाएका छैनन्।
लङ्भ्यू चिया कमानमा लगभग 14 करोड रूपियॉं मालिक गोविन्द गर्गले लुटेको हिल प्लान्टेशन इम्प्लोइज युनियनको आरोप छ। कमानमा म्यानेजर एपी सिंह अनि प्रबन्धक पक्षले कमानमा भ्रष्टाचारको अखाडा बनाएको आरोप पनि युनियनले लगाएको छ।
हिल प्लान्टेशन इम्प्लोइज युनियनले भनेको छ, चिया उद्योगमा न्युनतम ज्याला लागू गरिएको छैन। उभिएको जमिनको पर्जापट्टा छैन। उल्टा कमानको 30% जमिन ठूल्ठूला उद्योगपतिहरूलाई बेचेर व्यवसाय गर्ने नीति अहिलेसम्म लागू नै छ। चिया संसारभरि जतिनै प्यारो ड्रिङ्क भए तापनि चियापत्ति टिपेर चिया बनाउने चिया श्रमिकहरूको आङ्गमा भने घाम लागेको छैन।
युनियनले चिया दिवसमा चिया श्रमिकहरूको न्यायिक न्यूनतम ज्याला, पर्जापट्टा, जमीन लुट विरुद्धको लडाई अनि मालिकमुखि कानुन विरुद्धको सङ्घर्षलाई अझै बलियो बनाउने पहललाई अझै तीव्र गराउने आग्रह साथै आह्वान् गरेको छ।
हिन्दुस्थान समाचार / हनोक