इम्फाल पूर्वमा यौन उत्पीड़नकाण्डका आरोपी पक्राउ
इम्फाल पूर्वमा यौन उत्पीड़नकाण्डका आरोपी पक्राउ


इम्फाल, 21 मई, (हि.स.)। मणिपुर पुलिसले इम्फाल पूर्व जिल्लामा दर्ता यौन उत्पीड़नको एक मामिलामा एक जना 26 वर्षीय आरोपीलाई पक्राउ गरेको छ। पुलिसले बिहिवार यस आशयको जानकारी गराएको हो।

पक्रा पर्ने आरोपीको पहिचान सदाफको रूपमा भएको छ जो इम्फाल पूर्व जिल्लाको हत्ता गोलापति मस्जिद अबौचा क्षेत्रको निवासी रहेको बताइएको छ। पुलिसानुसार आरोपीलाई चेकन अटो पार्किङ् क्षेत्रबाट पक्राउ गरिएको हो।

पुलिसले बतायो, महिला थाना, इम्फाल पूर्वमा दर्ता प्राथमिकीको आधारमा मामिलाको जाँच भइरहेको थियो। यसै क्रममा आरोपीलाई पक्राउ गर्न पुलिस सफल भएको छ। अधिकारीले भने, मामिलाको अग्रिम जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande