नर्भेको भ्रमणमा प्रधानमन्त्री मोदीले वैश्विक मञ्चमा प्रदर्शन गरे ओडिशाको समृद्ध कला धरोहर
नर्भेको भ्रमणमा प्रधानमन्त्री मोदीले वैश्विक मञ्चमा प्रदर्शन गरे ओडिशाको समृद्ध कला धरोहर


भुवनेश्वर, 21 मई (हि.स.)। ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नर्भे यात्रा अवधि ओडिशाको पारम्परिक कलालाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गरिएकोमा आभार व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले सोशल मीडियामा जारी आफ्नो सन्देशमा भने, प्रधानमन्त्री मोदीले फेरि एकपटक भारतको सभ्यतागत समृद्धिलाई वैश्विक पटलमा प्रस्तुत गर्दै ओडिशाको कालजयी कला धरोहरलाई एक महत्वपूर्ण कुटनीतिक अवसरको अङ्ग बनाए।

उनले भने, प्रधानमन्त्री मोदीले नर्भेकी महारानी क्वीन सोन्यालाई ओडिशाको प्राचीन मन्दिर परम्परासित सम्बन्धित पाम लीफ पट्टचित्र कला भेंट गरे। यो कलालाई शताब्दिऔं पुरानो सूक्ष्म कारीगरी औ भक्ति भावद्वारा प्रेरित पारम्परिक शिल्पकलाको उत्कृष्ट उदाहरण मानिन्छ।

यसरी नै नर्भेका महाराज किङ्ग हेराल्ड पञ्चमलाई प्रधानमन्त्रीले कटकको प्रसिद्ध तारकसी कला (Cuttack Filigree)-बाट निर्मित चाँदीको नौका भेंट गरे। यो कलाकृति ओडिशाका कुशल शिल्पकारहरूको अद्भुत हस्तकला, भारतको समृद्ध समुद्री धरोहर तथा भारत-नर्भेको मैत्रीपूर्ण सम्बन्धको प्रतीक हो।

मुख्यमन्त्री माझीले भने, ओडिशाका दुई प्रतिष्ठित कला विधाहरूलाई यसरी विशिष्ट कुटनीतिक आदान-प्रदानको अङ्ग बनाउनु राज्यका कलाकार एवं शिल्पकारहरूको लागि गर्वको विषय हो। यो भारतको जीवन्त सांस्कृतिक धरोहरलाई वैस्विक स्तरमा प्राप्त भइरहेको बढ़्दो पहिचानको प्रमाण पनि हो।

उनले प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्दै भने, उनले ओडिशाको आत्मा र उसको जीवित परम्पराहरूलाई विश्व मञ्चसम्म पुऱ्याउने कार्य गरेका छन् जसबाट राज्यका शिल्पकारहरूको कलालाई अन्तर्राष्ट्रिय पहिचान प्राप्त भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande