नलबाड़ीः राष्ट्रिय राजमार्ग किनारका ढाबाहरूमा पुलिसको कारबाही, महिला सहित चार जना समातिए
नलबाड़ीः राष्ट्रिय राजमार्ग किनारका ढाबाहरूमा पुलिसको कारबाही, महिला सहित चार जना समातिए


नलबाड़ी (असम), 21 मई (हि.स.)। असमको नलबाड़ी जिल्लामा राष्ट्रिय राजमार्गको छेउछाउमा रहेका केही ढाबा अनि होटलहरूमा कथित रूपमा अनैतिक गतिविधिहरू भइरहेको सिकायतलाई मध्यनजर गर्दै पुलिसले गए राती अभियान सञ्चालन गऱ्यो। अभियानको क्रममा घोगरपार क्षेत्रको एउटा ढाबाबाट एकजना महिला सहित चार जना मानिसहरूलाई हिरासतमा लिइएको छ।

जानकारी अनुसार नलबाड़ी पुलिसले जिरनी ढाबा नामक प्रतिष्ठानमा छापामारीको कारबाही गऱ्यो। स्थानीय मानिसहरूले पछिल्लो समयदेखिकै ढाबामा अनैतिक गतिविधि सञ्चालन भइरहेको सिकायत गरिरहेका थिए। पुलिसले यस कारबाही अवधि संदिग्ध परिस्थितिमा ढाबामा रहेका चार जना मानिसहरूलाई पक्राउ गऱ्यो।

यता राष्ट्रिय राजमार्गको किनारमा अवस्थित अन्य कतिपय होटल तथा ढाबाहरूमा पनि कथित रूपमा अनैतिक गतिविधिहरू सञ्चालन गरेको आरोप उठिरहेको छ। पुलिस मामिलाको जाँंचमा जुटेको छ। साथै वरपरका अन्य प्रतिष्ठानहरूमा पनि निगरानी राखिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande