
गुवाहाटी, 21 मई, (हि.स.)। वरिष्ठ भाजपा विधायक एवं पूर्व मन्त्री रञ्जीत कुमार दासलाई बिहीवार निर्विरोध रूपमा 16औं असम विधानसभाको अध्यक्ष निर्वाचन गरियो। यसको साथै उनले दोस्रो पटक विधानसभा अध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन्।
आजदेखि 16औं असम विधानसभाको सत्र शुरू भयो जुन आगामी 26 मईसम्म चल्नेछ। सत्रको पहिलो दिन वरिष्ठ विधायक चन्द्रमोहन पटवारीले प्रोटेम अध्यक्षको रूपमा सदनको कारबाही सञ्चालन गरे। वन्दे मातरम गानसितै शुरू भएको अधिवेशनमा सबैभन्दा पहिला 126 जना विधायकहरूलाई शपथ ग्रहण गराइयो।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सबैभन्दा पहिला विधायक पदको शपथ लिए। त्यसपछि चार जना क्याबिनेट मन्त्रीहरू सहित भाजपा, कङ्ग्रेस, तृणमूल कङ्ग्रेस तथा अन्य दलहरूका विधायकहरूले शपथ ग्रहण गरे। सबै विधायकहरूलाई प्रोटेम अध्यक्ष चन्द्रमोहन पटवारीले शपथ दिलाए।
शपथ ग्रहण प्रक्रिया पूरा भएपछि प्रोटेम अध्यक्षले औपचारिक रूपमा विधानसभाको पूर्णकालिक अध्यक्षको नामको घोषणा गरे। रञ्जित दासलाई निर्विरोध चयन गरिएपछि चन्द्रमोहन पटवारीले अध्यक्षीय आसन छोड़्दै उनलाई सदनको अग्रिम कारबाही सञ्चालन गर्ने जिम्मेवारी सुम्पिइयो।
उल्लेखनीय छ, रञ्जित कुमार दास यसअघि पनि असम विधानसभाको अध्यक्ष रहिसकेका छन्। उनले पूर्व मुख्यमन्त्री सर्बानन्द सोनोवाल नेतृत्वाधिन सरकार कालमा 2 जून, 2016-देखि 25 दिसम्बर, 2020 सम्म विधानसभा अध्यक्षको रूपमा कार्य गरेका थिए।
यसरी नै कङ्ग्रेस विधायक दलले पूर्व मन्त्री एवं पाँच पटक विधायक रहिसकेका वाजेद अली चौधरीलाई विधानसभामा नेता प्रतिपक्ष चयन गरेको छ। यो नि्णय पार्टी हाइकमानको स्वीकृतिबाटै लिइएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा