
हुगली, 21 मई (हि.स.)। गैर सरकारी संस्था श्री नारायण सेवा संस्थानम च्यारिटेबल ट्रष्टको पक्षबाट पुरुषोत्तम मासको अवसरमा श्रीमद्भागवत कथा सप्ताह ज्ञान यज्ञको आयोजन गत 17 मईदेखि 23 मई, 2026-सम्म महेश्वरी भवनको चौथो तलामा गरिएको छ। यस कार्यक्रमलाई लिएर श्रद्धालुहरूमा व्यापक उत्साह देखिएको छ।
आयोजन अन्तर्गत बिहीवार अपरान्ह 2:30 बजेदेखि साँझ 6:30 बजेसम्म श्रीमद्भागवत कथाको आयोजन गरियो जसमा श्रद्धालुहरूले कथा श्रवणगरी पुण्य लाभ प्राप्त गरे।
कार्यक्रममा मुख्य यजमानको रूपमा ललिता सिंह उपस्थित थिए भने मुख्य अतिथिको रूपमा भागवत काबरा, शशि सिंह झा, मनोज सिंह, महावीर पसारी, राम अवतार मालिनी, लालचन्द पारिख, दामोदर झँवर, आनन्द भाबड़ा, बिनोद खेमका तथा शरद गौतम समेत अनेकौं गण्यमान्य मानिसहरू उपस्थित थिए।
संस्थाका संस्थापक अजय सिंहले सबै श्रद्धालु अनि सहयोगीहरूप्रति आभार व्यक्त गर्दै भने, समाजको सहयोगबाटै यस किसिमको धार्मिक अनि सामाजिक कार्यक्रमहरू सफल हुन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा