
जलपाईगुड़ी, 21 मई (हि.स.)। जिल्लामा बिहीवार बिहान सवेरै आएको हावा-हुन्डरीले व्यापक क्षति पुऱ्याएको छ। जलपाईगुड़ी सदर ब्लकको नन्दनपुर-बोयालमारी पञ्चायत एवं मण्डलघाट क्षेत्रका कतिपय गाउँहरू नराम्रो गरी प्रभावित भएका छन् जहाँका सैकड़ौं घरहरूलाई ठूलो क्षति पुऱ्याएको छ।
जानकारी मुताविक बिहान लगभग साढ़े तीन बजी अचानक आएको यो हुन्डरीले ताँती आयड़ा, ठाकपाड़ा, बनियापाड़ा औ बोडापाड़ा गाउँसँगसँगै मण्डलघाट र कोरानीपाड़ा क्षेत्रमा पनि ठूलो नोक्सान गऱ्यो।
तीव्र हावाको कारणले रूखहरू ढलेर बिजुलीको खम्बामाथि झऱ्यो जसले गर्दा सम्पूर्ण क्षेत्रमा बिजुली आपूर्ति बाधित भयो।
घटना बारे जानकारी पाउनसाथ प्रशासन सक्रिय भयो।
प्रभावित क्षेत्रहरूमा सिभिल डिफेन्सका टीमहरूलाई पठाइएको छ जसले राहत कार्यलाई युद्ध स्तरमा जारी राखेको छ। हाल ढलेका रूखहरूलाई हटाउने तथा बिजुली आपूर्ति बहाल गर्ने काम द्रूत गतिमा भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा