
हुगली, 21 मई (हि.स.)। डानकुनी नगरपालिकाको वार्ड सङ्ख्या 18- का पार्षद औ तृणमूल नेता सूर्य देलाई डानकुनी थानाको पुलिसले बिहीवार बिहानै पक्राउ गऱ्यो। पुलिस सूत्रानुसार उनलाई बिहीवार नै श्रीरामपुर अदालतमा पेश गरिनेछ।
भनिन्छ, एकजना व्यक्तिमाथि कुटपिट तथा ज्यानमारा धम्की दिएको आरोपमा दर्ता पुरानो मामिलामा उनलाई पक्राउ गरिएको हो। आरोप छ, यो घटना वर्ष 2021-को विधानसभा चुनाउपछि भएको थियो। तर आरोपीको डरले पीड़ितले त्यसताक थानामा लिखित सिकायत दर्ता गराउन सकेको थिएन। अब अहिले सरकार परिवर्तन भएपछि पीड़ितले सिकायत दर्ता गराए जसको आधारमा पुलिसले जाँच शुरू गऱ्यो। जाँच गर्ने क्रममा बिहीवार सवेरै उनलाई उनको घरबाट पक्राउ गऱ्यो।
उल्लेखनीय छ, हालैमा एसआईआरको अन्तिम सूचीमा आफ्नो नाम मृत देखाइएकोमा सूर्य देले चुनाउ आयोगमाथि प्रश्न उठाएका थिए। पछि उनीमाथि सम्बन्धित बीएलओसित मिलेर स्वयं आफ्नो नामलाई मृतकहरूको सूचीमा सामेल गराएको आरोप लागेको थियो। यस घटनालाई लिएर राजनीतिक जगतमा व्यापक चर्चा भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा