अवैध असुलीको आरोपमा बुनियादपुर नगरपालिकाका पूर्य चेयरम्यान समातिए
अवैध असुलीको आरोपमा बुनियादपुर नगरपालिकाका पूर्य चेयरम्यान समातिए


दक्षिण दिनाजपुर, 21 मई (हि. स.)। जमीन सम्बन्धी काम गराउने नाममा ठूलो धनराशि असुलेको आरोपमा दक्षिण दिनाजपुर जिल्लान्तर्गत बुनियादपुर नगरपालिकाका पूर्व चेयरम्यान औ तृणमूल कङ्ग्रेस नेता कमल सरकारलाई पुलिसले बिहीवार अपरान्ह पक्राउ गऱ्यो।

पुलिस सूत्र अनुसार पक्रा पर्ने नेतालाई आज नै अदालतमा पेश गरियो।

स्थानीय सूत्रले बताए मुताविक केही महिनाअघि एकजना व्यक्ति जमीनसित सम्बन्धित एउटा काम विशेषलाई लिएर कमल सरकार समक्ष गएको थियो। आरोप छ, काम गराउने नाममा ती व्यक्तिबाट केही लाख रुपियाँ अवैध रूपमा असुली गरियो। तर लामो समय बितिसक्दा पनि न त काम भयो न त पैसा नै फर्काइदियो।

त्यसपछि पीड़ित व्यक्तिले पुलिसमा सिकायत दर्ता गराए। सिकायतको आधारमा जाँच शुरू गर्दै पुलिसले बिहीवार कमल सरकारलाई पक्राउ गऱ्यो। मामिलाको अग्रिम जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande