फलता उपचुनाउमा तृणमूल हरायो, शान्तिपूर्ण माहोल
फलता उपचुनाउमा तृणमूल हरायो, शान्तिपूर्ण माहोल


कोलकाता, 21 मई (हि.स.)। पश्चिम बङ्गालको फलता विधानसभा क्षेत्रमा बिहीवार भएको पुनर्मतदान अवधि राजनीतिक माहोल पूर्ण रूपले परिवर्तित देखियो। तृणमूल कङ्ग्रेसका उम्मेद्वार जहाँगीर खानले अन्तिम समयमा चुनाउमा भाग नलिने फसेला लिएपछि अधिकांश बूथहरूमा तृणमूलको एजेन्टसम्मलाई देखिएन। अर्कोतिर भाजपा उम्मेद्वार देवांशु पाण्डा लाई पूर्ण आत्मविश्वासको साथमा क्षेत्रमा घुमिरहेको देखियो।

बिहानदेखिकै कतिपय बूथहरूमा भाजपाका एजेन्टहरू उपस्थित थिए भने तृणमूलको पक्षबाट अधिकांश बूथमै कुनै प्रतिनिधि उपस्थित थिएन। मतदान केन्द्रहरूमा मतदान शान्तिपूर्ण माहोलमा भइरहेको देखियो, कहीँ-कतै कुनै प्रकारको तनाउ भएको देखिएन।

यस अवधि राज्यका मन्त्री दिलीप घोषले तृणमूलमाथि कटाक्ष गर्दै भने, “मैले सुनेको थिएँ कि यहाँ ठूल्ठूला धुरन्धरहरू छन्, तर अहिले देखिएको छैन। पुलिस बिना लड़्नको लागि पनि शक्ति चाहिन्छ।”

स्मरण गराइन्छ, गए अप्रेल महिनामा भएको विधानसभा चुनाउमा यहाँका कतिपय बूथहरूमा विरोधी पार्टीहरूले एजेन्टलाई बस्न नदिएको आरोप लगाएको थियो। त्यसबेला राज्यमा तृणमूल कङ्ग्रेसको सरकार थियो। अब राज्यमा भाजपाको सरकार भएपछि फलताको पुनर्मतदानमा विपरीत स्थिति देखिएको छ। फलता सीटबाट तृणमूल उम्मेद्वारको रूपमा जहाँगीर खानको नाम पहिला चर्चामा थियो। तर भाजपा सत्तामा आएपछि जहाँगीर खानलाई सार्वजनिक रूपमा कमै देखियो। दुई दिनअघि मात्र उनले मीडिया सामु पुनर्मतदानमा भाग नलिने घोषणा गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande