
मालदा, 21 मई (हि.स.)। पुरातन मालदा जिल्लामा बिहीवार महानन्द नदीमा नुहाउन गएका दुई जना नाबालिक बालकहरू नदीमा डुबेर बेपत्ता भए। घटना पुरातन मालगा नगरपालिकाको वार्ड नम्बर दुईस्थित बाँशहाट घाटमा भएको हो।
बेपत्ता भएका बालकहरूको पहिचान अर्पण सरकार (10) र देव हालदार (08) को रूपमा भएको छ।
जानकारी मुताविक अर्पण दक्षिण दिनाजपुर जिल्लाको कुशमण्डी निवासी थियो जो आफ्नो मामाको घर बाँशहाट आएको थियो भने देव हालदार स्थानीय निवासी थिए।
भनिन्छ, बिहीवार अपरान्ह दुवै बालकहरू आफ्ना केही साथीहरूसित महानन्दा नदीमा नुहाउन गएका थिए। यसै अवधि अचानक गहिरो पानी र तीव्र धारामा बगेर दुवै बेपत्ता भए।
घटनापछि त्यहाँ उपस्थित अन्य बालकहरू चिच्याउन थालेपछि स्थानीय मानिसहरूले घटनास्थलमा पुगेर बचाउ कार्य गरे। सूचना पाएर पुलिस पनि घटनास्थलमा पुग्यो। आपदा प्रबन्धन टीमलाई पनि बोलाइयो, तर धेरै बेरसम्म खोजिसक्दा पनि दुई बालकहरूको बारेमा कुनै सुइँको पाइएको छैन। यस घटनाको कारणले सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ।
स्थानीय पार्षद बसन्ती रायले पनि गहिरो दुःख व्यक्त गर्दै आरोप लगाइन्, सूचना दिएको लगभग डेढ़ घण्टापछि मात्र आपदा प्रबन्धन टीम घटनास्थलमा पुग्यो। उनले हरेक थाना र जिल्लामा स्थायी आपदा प्रबन्धन व्यवस्था हुनुपर्ने माग गरिन् ताकि यस्ता घटनाहरूमा तुरून्तै राहत कार्य शुरू गर्न सकियोस्। हाल प्रशासनको पक्षबाट नदीमा खोजी अभियान जारी राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा