गोघाटमा तृणमूल नेताको घर नजिकै प्रचुर मात्रामा बारूद भेटियो
गोघाटमा तृणमूल नेताको घर नजिकै प्रचुर मात्रामा बारूद भेटियो


हुगली, 21 मई (हि.स.)। जिल्लाको गोघाट क्षेत्रमा बिहीवार तृणमूल नेताको घर नजिकै झाड़ीमा हतियार अनि बारूद भेटिएको घटनाले क्षेत्रमा कोकोहोलो मचिएको छ। घटना गोघाट-2 पञ्चायत समितिका कर्माध्यक्ष तथा पश्चिमपाड़ा क्षेत्रका तृणमूल अध्यक्ष फरिद खानको घरदेखि लगभग 5 सय किलोमीटर टाड़ा झारिया क्षेत्रमा भएको हो।

पुलिस सूत्र अनुसार गोघाट थानाको पुलिसले झाड़ीको छेउमा भुुँइ खन्दा बारूदले भरिएको बोरा र हतियार भेटियो। सूचना पाएर पुलिस तथा केन्द्रिय बलका जवानहरूले घटनास्थलमा पुगेर विस्फोटकहरूलाई कब्जामा लिए।

हतियार अनि बारूद भेटिएको समाचार फैलिनसाथ घटनास्थलमा स्थानीय मानिसहरूको भीड़ एकत्र भयो। घटनापछि क्षेत्रको माहोल सन्त्राषपूर्ण भएको छ।

स्थानीय भाजपा कार्यकर्ताहरूले आरोप लगाए, चुनाउ परिणाम प्रतिकूल भएको स्थितिमा क्षेत्रमा आतङ्क फैलाउनको लागि तृणमूलद्वारा यी हतियारहरूलाई जमा गरेर राखिएको थियो। भाजपा नेताहरूले तृणमूल नेता फरिद खान र उनको भाइमाथि पछिल्लो 15 वर्षदेखिकै क्षेत्रमा आतङ्क अनि लुटपाट मचाउँदै आएको आरोप लगाए।

तथापि यस मामिलामा तृणमूल कङ्ग्रेसको पक्षबाट यो समाचार लेखुञ्जेलसम्म कुनै प्रतिक्रिया व्यक्त गरिएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande