भाजपा सिक्किमद्वारा गृह मन्त्रालयको नाममा जारी गरिएको फर्जी अधिसूचनाको निन्दा, कारबाहीको माग
bjp


गान्तोक, 21 मई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले दार्जिलिङ पहाड, तराई, कालेबुङ र डुवर्स क्षेत्रहरूलाई सिक्किम राज्यमा विलय गराउने सम्बन्धमा विभिन्न सामाजिक संजालहरू प्रसारण भइरहेको अधिसूचनाको कडा शब्दको निन्दा गरेको छ।

भाजपा सिक्किमले आज जारी एक प्रेस विज्ञप्तिमा भनेको छ, कथित भारत सरकारको गृह मन्त्रालयद्वारा जारी गरिएको पूर्ण रूपमा बनावटी र नक्कली अधिसूचनाको जानाजानी र दुर्भावनापूर्ण प्रसारणको कडा शब्दमा निन्दा गर्दछ, जसमा दार्जिलिङ पहाड, तराई, कालिम्पोङ र डुवर्स क्षेत्रहरूलाई सिक्किम राज्यमा विलय गर्ने झूटो दाबी गरिएको छ। यो जाली कागजात असामाजिक तत्वहरूले शान्तिपूर्ण राज्य सिक्किममा भ्रम, साम्प्रदायिक तनाव र अशान्ति सिर्जना गर्ने एकमात्र उद्देश्यले फैलाएको अत्यधिक उत्तेजक र खतरनाक प्रचार हो।

भाजपा सिक्किमले यो जाली सूचना सिर्जना गर्ने, प्रसारित गर्ने, साझा गर्ने वा समर्थन गर्ने सबैलाई कानूनको सान्दर्भिक प्रावधानहरू अन्तर्गत कडा कानुनी कारबाही गरिने चेताउनी दिएको छ। भाजपा सिक्किमले भनेको छ, यस आपराधिक कार्यका दोषीहरूको पत्ता लगाइनेछ र पूर्ण रूपमा जवाफदेही बनाइनेछ। हामी सिक्किमका जनतालाई सतर्क रहन र कुनै पनि अप्रमाणित वा शंकास्पद सामग्री साझा गर्नबाट टाडा रहन आग्रह गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande