सीएपी एनएच १० को अवस्थाबारे केन्द्र सरकारको ध्यान आकर्षित गर्न सफल बनेको दाबी
citizen action party


गान्तोक, 21 मई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले महत्वपूर्ण राष्ट्रिय राजमार्ग 10 लाई राष्ट्रिय राजमार्ग एवं पूर्वाधार विकास निगमको अधिकारक्षेत्रअन्तर्गत ल्याउने निर्णायक कदमलाई स्वागत गर्दै यसको प्रशंसा गरेको छ। यो कदमले यस महत्वपूर्ण जीवनरेखाको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको बीजेपीले विश्वास व्यक्त गरेको छ।

सीएपी सिक्किमले सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीप्रति सिक्किमका जनताका गुनासाहरूलाई शीघ्र संज्ञानमा लिएकोमा हार्दिक आभार प्रकट गरेको छ। गान्तोकस्थित जिल्ला अदालतबाहिर सीएपी सिक्किमद्वारा आयोजित एकदिने शान्तिपूर्ण धरनाका क्रममा उठाइएका विषयहरूप्रति मन्त्रीले संवेदनशीलता र तत्परता देखाएको भन्दै पार्टीले धन्यवाद व्यक्त गरेको छ।

यस उपलब्धिले सिक्किमका जनताप्रति सीएपी सिक्किमको अटल प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको जनाएको छ। राजमार्गहरूको दयनीय अवस्थाजस्ता नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित समस्याहरू पहिचान गरी लोकतान्त्रिक तथा शान्तिपूर्ण माध्यमबाट सम्बन्धित निकायसमक्ष पुर्‍याउने कार्य पार्टीले राख्दै आएको दाबी गरेको छ।

सीएपी एनएच १० को अवस्थाबारे केन्द्र सरकारको ध्यान आकर्षित गर्न सफल बनेको दाबी गर्दै मुद्दामुखी र सक्रिय राजनीतिक अभ्यासमार्फत राज्यको पूर्वाधार विकासमा ठोस परिणाम हासिल गर्न सकिने कुरा स्पष्ट भएको आज भिडियो रिलिजमा बताएको छ। सीएपीले मनेको छ, एनएच १० को सुरक्षा तथा सहज यातायात केवल राजनीतिक विषय नभई विद्यार्थी, पर्यटक, व्यापारी तथा दैनिक रूपमा यस मार्ग प्रयोग गर्ने सम्पूर्ण चालक समुदायका लागि आधारभूत आवश्यकता हो। पार्टीले सिक्किमेली जनताको सामूहिक हितलाई सधैं सर्वोपरि राख्दै कार्य गरिरहने प्रतिबद्धता दोहोर्‍याएको छ। साथै, एनएचआईडीसीएलअन्तर्गत एनएच १० मा शीघ्र मर्मत, दक्ष व्यवस्थापन तथा दिगो पूर्वाधार विकास सुनिश्चित हुने अपेक्षा पनि व्यक्त गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande