
पूर्वी सिंहभूम, 21 मई (हि.स.)। शहरमा भइरहेको प्रचण्ड गर्मी मानिसहरूको निम्ति हानिकारक साबित भइरहेको छ। लगातार तीन दिनदेखि यथावत चर्को घाम तथा तातो हावाबीच बिहीवार मानगो थाना क्षेत्रमा एकजना अज्ञात मजदुरको संदिग्ध परिस्थितिमा मृत्यु भयो। आशङ्का व्यक्त गरिँदैछ, मजदुरको मृत्यु लू लागेर भएको हो।
घटना बिहीवार अपरान्ह भएको बताइएको छ। जानकारी अनुसार मानगो थाना क्षेत्रस्थित डिमना रोडमा ब्लू बेल्स स्कूलको छेउमा एकजना मजदुर पैदल हिंड़िरहेको थियो। यसै अवधि चर्को घाम र गर्मीको कारणले उ अचानक मुर्छा परेर सड़कलमा लड़्यो। वरिपरीका मनिसहरूले तुरून्त मजदुरलाई उठाएर पानी पिलाउने प्रयास गरे, तर उसको अवस्था लगातार बिग्रिँदै गयो।
स्थानीय मानिसहरू अनि बटुवाहरूले मामिलाको सूचना मानगो थाना पुलिसलाई दिए। पुलिसले घटनास्थलमा पुगेर गम्भीर अवस्थामा मजदुरलाई एमजीएम अस्पतालमा पुऱ्यायो जहाँका डाक्टरहरूले जाँच गरेपछि उसलाई मृत घोषित गरिदिए।
हाल मृतकको पहिचान हुन सकेको छैन। पुलिसले सबै औपचारिकता पूरा गरेपछि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। अर्कोतिर लगातार बढ़्दो तापमान र लूको कारणले मानिसहरूलाई दिउँसो बाहिर निक्लिन गाह्रो भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा