
नयाँ दिल्ली, 22 मई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार बुराड़ीमा मुखमेलपुर पार्कको शिलान्यास गरिन्।
यस अवसरमा मुख्यमन्त्री रेखा गुप्ताले बताइन्, बुराड़ीमा लगभग एक करोड़ रुपियाँको लागतमा निर्माण हुने आधुनिक मुखमेलपुर पार्कको शिलान्यास गरियो। उनले भनिन्, लगभग तीन एकड़ क्षेत्रफलमा विकसित हुने यो पार्क वकिङ्ग ट्र्याक, हट, तलाउ एवं आधुनिक जनसुविधाहरूद्वारा सुसज्जित हुनेछ।
सो कार्यक्रममा सांसद मनोज तिवारी, दिल्लीका मेयर प्रवेश वाही, जिल्ला अध्यक्ष यू.के. चौधरी, सिभिल लाइन जोनका अध्यक्ष गुलाब सिंह राठौर, निगम पार्षद (मनोनीत) राजपाल राणा, विनोद सहरावत, निगम पार्षद अनिल त्यागी, सागर त्यागी, सञ्जय त्यागी सहित ठूलो सङ्ख्यामा क्षेत्रवासी उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा