
- रोहिणी रोड पीडब्ल्युडी विभागलाई हस्तान्तरण गरियोस्: अनित थापा
खरसाङ, 22 मई (हि.स.)। खरसाङको रोहिणी टोल ट्याक्स नउठाउने सरकारी प्रक्रिया शुरु भएको र रोहिणी रोड पीडब्ल्युडी विभागलाई हस्तान्तरण गरियोस् भनी जीटीए प्रमुख अनित थापाले माग गरेका छन्।
उनले आज जारी एउटा भिडियोमा भने, बङ्गालमा अहिले बीजेपीको सरकार छ। सांसद राजु बिष्ट बोल्नु भनेको बीजेपीको सरकार बोलेको जस्तै हो। जीटीए राज्यको कानुनले बनिएको व्यवस्था हो। हामीले राज्यले भनेको कुराको सम्मान गर्नु नै पर्छ। सांसद राजु बिष्टले राम्रोको लागि नै टोल ट्याक्स नउठाउनु भनेका हुन्। रोहिणी गेटको टोल उठाउने कार्य सरकारी प्रक्रियाद्वारा नै भएको थियो। जीटीएको पर्यटन विभागलाई मैले टोल ट्याक्सको टेन्डर जसले पाएको थियो, उसलाई 1 जूनदेखि टोल ट्याक्स हटाउने सरकारी नोटिस पठाउने निर्देश दिएको छु।'
अनित थापाले अघि भने, '२०११ देखि नै जीटीएले रोहिणीको बाटोमा टोल ट्याक्स उठाउने गरेको थियो। जीटीएमा राज्य सरकारबाट थोरै बजेट आउँछ र ठूलाठूला सडकहरूको मर्मत गर्ने जीटीएको राज्य कोषबाट आउने रकमले पुग्दैन। तसर्थ रोहिणीमा पनि टोल ट्याक्स उठाउन निरन्तरता दिइएको थियो। सडक जीटीएको सब्जेक्ट हुनको कारणले गर्दा मैले पनि रोहिणीको सडकलाई मर्मत गर्न साथै सडकको स्वास्थ गुणस्तर राख्न टोल ट्याक्स उठाउने प्रक्रियालाई निरन्तरता दिए।'
उनले रोहिणी रोड विषयमा भने, 'एक जूनदेखि रोहिणी टोल गेटमा ट्याक्स उठाउन बन्द हुनेछ। म सांसद राजु बिष्ट अनि बङ्गाल सरकारलाई अपुल गर्दछु जीटीएमा त्यसै पनि ४०० करोड़ जति राज्यबाट पाउनु बाँकी नै छ र अहिलेको जीटीएको बजेटले सडक मर्मत गर्न पर्ने रकम यथेष्ठ नहुन सक्छ। जसरी मैले पंखाबारी रोड, ग्लेनबर्नको रोड, शिवखोलाको रोड लाटपन्चरको रोड पीडब्ल्युडी विभागलाई हस्तान्तरण गरेपछि ती रोडहरुको गुणस्तर बढेर गएको छ। त्यसरी नै जनताको सुविधा अनि सडकको मेन्टेनेन्स र गुणस्तरलाई कायम राख्न रोहिणी रोडलाई पनि पीडब्ल्युडी अन्तर्गत हस्तान्तरण गरिदिनुहुन अनुरोध गर्दछु।
---------------
हिन्दुस्थान समाचार / हनोक