भगत सिंह मोड़मा “विश्व बाङ्गला” ग्लोबलाई हटाउने माग
भगत सिंह मोड़मा “विश्व बाङ्गला” ग्लोबलाई हटाउने माग


आसनसोल, 22 मई (हि. स.)। बर्नपुर गुरुद्वारा प्रबन्धक कमिटीले आसनसोल नगरनिगमका मेयर विधान उपाध्यायसित भेट गरी एक महत्वपूर्ण माग उठाएको छ। कमिटीका सचिव सुरेन्द्र सिंहको पक्षबाट सुम्पिइएको ज्ञापनमा आसनसोल भगत सिंह मोड़स्थित शहीद सरदार भगत सिंहको प्रतिमामाथि लगाइएको “ विश्व बङ्गला” ग्लोबलाई हटाउने माग गरिएको छ।

कमिटीको भनाइ छ, शहीद भगत सिंह देशका अत्यन्त सम्मानित स्वतन्त्रता सेनानी हुन्, त्यसैले उनको प्रतिमामाथि यस किसिमको ढाँचा लगाउनुले केही नागरिकहरूको भावनालाई आघात पुऱ्याइरहेको छ।

ज्ञापनमा यो पनि उल्लेख गरिएको छ, राज्यका विभिन्न प्रमुख स्थानहरूबाट यस्ता प्रतीकात्मक ढाँचालाई हटाइँदैछ वा पुनर्विचार गरिँदैछ। यसै क्रममा आसनसोलमा पनि उचित कदम उठाउने अपील गरिएको छ।

यस मामिलाको प्रतिलिपि अग्निमित्रा पल, पुलिस आयुक्त, एडीपीसी, पश्चिम बर्दवान जिल्ला प्रशासन तथा विधायक कृष्णेदु मुखर्जीलाई पनि पठाइएको छ।

कमिटीले प्रशासनसित यस विषयमा चाँड़ोभन्दा चाँड़ो उचित कारबाही गर्ने माग गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande