
नयाँ दिल्ली, 22 मई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले राष्ट्र सेविका समितिकी पूर्व अखिल भारतीय सह कार्यवाहिका रुक्मिणी अक्काको निधनमा दुःख प्रकट गरिन्।
रेखा गुप्ताले शुक्रवार एक्सको पोस्टमा शोक व्यक्त गर्दै भनिन्, राष्ट्र सेविका समितिकी पूर्व अखिल भारतीय सह कार्यवाहिका रुक्मिणी अक्काको निधन भएको समाचार अत्यन्त दुःखदायी छ।
मुख्यमन्त्रीले भनिन्, उनले आफ्नो सम्पूर्ण जीवन राष्ट्रभाव, सेवा एवं सङ्गठनका कार्यहरूप्रति समर्पित गरिन्। उनको व्यक्तित्व संवेदनशीलता, अनुशासन एवं मातृशक्तिको उत्थानको अद्भुत समन्वय थियो। समाज तथा सङ्गठनप्रति उनको योगदान सदैव प्रेरणाश्रोत बनिरहनेछ। ईश्वरसित प्रार्थना छ, पुण्यात्मालाई आफ्नो श्रीचरणमा स्थान दिउन् तथा समस्त सेविका समिति परिवारलाई यो दुःख सहन गर्ने शक्ति प्रदान गरुन्।
उल्लेखनीय छ, राष्ट्र सेविका समितिकी पूर्व अखिल भारतीय सहकार्यवाहिका रुक्मिणी अक्का (98)- को गए बिहीवार राती बेङ्गलुरुस्थित उनको निवास स्थानमा निधन भयो। उनी आयु सम्बन्धि समस्याहरूसित जुझिरहेकी थिइन्। आज अपरान्ह एक बजेसम्म उनको निवासमा पार्थिव शरीरलाई अन्तिम दर्शनको निम्ति राखेपछि हरिश्चन्द्र घाट रूद्रभूमिमा उनको अन्तिम संस्कार गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा