पक्राउदेखि संरक्षणको माग लिएर कलकत्ता उच्च अदालतको शरणमा पुगे तृणमूल विधायक दिलीप मण्डल
पक्राउदेखि संरक्षणको माग लिएर कलकत्ता उच्च अदालतको शरणमा पुगे तृणमूल विधायक दिलीप मण्डल


कोलकाता, 22 मई (हि.स.)। पश्चिम बङ्गालको विष्णुपुरबाट तृणमूल कङ्ग्रेसका विधायक दिलीप मण्डलले पक्रा पर्ने आशङ्काबीच कलकत्ता उच्च अदालतको ढोका ढक्ढकाएका छन्। विधायकले आफूविरूद्ध दर्ता प्राथमिकीको आधारमा अदालतसित पक्राउदेखि संरक्षण गर्ने माग गरेका छन्।

दिलीप मण्डलको पक्षबाट उनका वकिलले गए बिहीवार न्यायमूर्ति सौगत भट्टाचार्यको पीठ समक्ष मामिलाको उल्लेख गरे। अदालतले याचिका दर्ता गर्ने अनुमति दिँदै मामिलाको सुनवाई शुक्रवार गर्ने कुरा गरेको छ।

विधानसभा चुनाउको परिणाम घोषित भएपछि सोशल मीडियामा एउटा भीडियो भाइरल भएकोथियो जसमा कथित रूपमा दिलीप मण्डलले धम्कीपूर्ण बयान दिरहेको सुन्न सकिन्छ। भीडियोमा उनलाई कथित रूपमा यसो भनन्दै गरेको सुन्न सकिन्छ कि पछिल्लो 15 वर्षसम्म उनले धेरै सयंम राखे, माहोलाई शान्ति राखे, तर अब यस्तो हुनेछैन। ़

भीडियोमा भारतीय जनता पार्टीका कार्यकर्ता अनि समर्थकहरूलाई खुल्ला रूपमा धम्की दिएको आरोप पनि लगाइएको छ। तथापि भीडियोको सत्यताको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

भीडियो भाइरल भएपछि तृणमूल विधायकविरूद्ध धेरै वटा प्राथमिकी दर्ता गरियो। गत 14 मईमा पुलिस तथा ऱ्यापिड एक्शन फोर्सका जवानहरूले पैलानस्थित उनको आवासमा खोजी अभियान सञ्चालन गरेका थिए। यस कारबाहीपछि क्षेत्रमा तनाउपूर्ण माहोल सृजित भएको थियो।

खोजी अभियानमा उनको घरभित्रै केही लग्जरी वाहन, स्विमिङ्ग पुल, झोलङ्गो तथा महङ्गो काठको फर्निचर आदि अधिकारीहरूले पाएका थिए।सूत्रानुसार परिसरमा गुफा जस्तै ढाँचा थियो। छापामारीपछि दिलीप मण्डल भागेको बताइएको छ। पुलिसले लगातार तिनलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande