असम पुलिसको अभियानमा कोडिन सिरपका 21,600 बोतल जफत
असम पुलिसको अभियानमा कोडिन सिरपका 21,600 बोतल जफत


कछार (असम), 22 मई (हि.स.)। असम पुलिसले मादक पदार्थहरूको तस्करीविरूद्ध कारबाही गर्दै राष्ट्रिय राजमार्ग-27 (एनएच-27)-मा प्रचुर मात्रामा प्रतिबन्धित कोडिन फस्फेट सिरप जफत गरेको छ। यो काबाही बरखोला थाना अन्तर्गत पुटीचेरा टोल गेटको छेउमा गरिएको हो। पुलिसले यस मामिलामा एउटा 6 चक्के ट्रकलाई पनि जफत गरेको छ। ड्रग्स तस्करीको नेटवर्कसित सम्बन्धित अन्य मानिसहरूलाई खोज्न पुलिसले शुरू गरिसकेको छ।

पुलिस अनुसार विश्वसनीय सूचना प्राप्त भएपछि एनएच-27 मा विशेष नाका चेकिङ्ग अभियान सञ्चालन गरियो। अभियान अवधि एउटा शङ्काजनक ट्रकलाई रोकेर जाँच गरियो। स्वतन्त्र साक्षीहरूको उपस्थितिमा तथा भीडियोग्राफी गरेर वाहनको जाँच गरियो जसमा भारी मात्रामा कोडिन फस्फेट सिरप भेटियो जसलाई जफत गरियो।

जाँचमा ट्रकबाट 21,600 बोतल कोडिन फस्फेट सिरप जफत गरियो। यी बोतलहरूलाई 144 वटा कार्टुनमा प्याक गरिएको थियो भने प्रत्येक कार्टुनमा 150 वटा बोतल थियो। पुलिसले घटनास्थलबाट दुई वटा मोबाइल फोन जफत गरेको छ। जफत गरेको वाहनको नम्बर एएस-01-पीसी-8530 रहेको बताइएको छ।

पुलिस अधिकारीहरूले बताए, प्रारम्भिक जाँचमा यो मामिला सङ्गठित तस्करी नेटवर्कसित जोड़िएको प्रतीत भइरहेको छ। पुलिस अब यो पत्तो लगाउन जुटेको छ कि यति धेरै कफ सिरपको खेपलाई कहाँबाट ल्याइएको थियो र यसलाई कहाँ पुऱ्याउनु थियो।

मामिलामा सम्बन्धित धाराहरू अन्तर्गत कानूनी कारबाही शुरू गरिएको छ। साथै तस्करी गिरोहसित जोड़िएका संदिग्ध मानिसहरूको पहिचान र पक्राउ गर्नको लागि अभियानलाई तीव्रता दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande