
नयाँ दिल्ली, 22 मई (हि.स.)। दिल्ली सरकारले आगामी ‘बकरीद’-लाई लिएर गाइडलाइन्स जारी गरेको छ। दिल्ली सरकारमा क्याबिनेट मन्त्री कपिल मिश्राले यस पर्वको बधाई दिँदै कानून व्यवस्थालाई कायम राख्ने अपील सबैसित गरेका छन्।
कपिल मिश्राले शुक्रवार एक भीडियों सन्देश जारी गरी दिल्ली सरकारका गाइडलाइन्सको बारेमा बताए। मन्त्री अनुसार पशु कल्याण एवं सार्वजनिक स्वच्छता सुनिश्चित गर्नको लागि बकरीदमा अधिकृत तथा निर्धारित स्थानहरूमा मात्र 'कुर्बानी' गर्ने अनुमति रहनेछ। साथै गाई, बाछा, ऊँट वा अन्य प्रतिबन्धित पशुहरूको कुर्बानी दिनदेखि पूर्ण रूपमा प्रतिबन्धको पालन गर्नुपर्नेछ। उनले भने, प्रतिबन्धित पशुहरूको कुर्बानी दिनेहरूमाथि आपराधिक मुद्दा दर्ता गरिनेछ।
क्याबिनेट मन्त्रीले भने, सार्वजनिक स्थलहरूको गल्ली, सड़कहरूमा कुर्बानी दिने अनुमति दिइनेछैन। यस्तो गर्नेहरूमाथि पनि कानूनी कारबाही गरिनेछ। उनले भने, पशुहरूको रगत सोझै सड़क, नाली वा नहरहरूमा बग्न नदिनको लागि कुर्बानीपछि रहेका अवशेषहरूलाई खुल्ला ठाउँमा फाल्नु पूर्अण रूपमा प्रतिबन्धित रहनेछ। उनले भने, कुर्बानी वैध स्थलहरूमा मात्र गरियोस् तथा किनमेल पनि वैध स्थानहरूमै गरियोस्।
उनले भने, यदि कसैले गाइडलाइन्सको उल्लङ्घन गरेको थाहा लागे दिल्ली पुलिस वा दिल्ली सरकारलाई सूचित गरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा