हारको हतासाले राहुल गान्धी सहित कङ्ग्रेस नेताहरूको मानसिक स्थिति असन्तुलित, नाघे सबै सीमाहरू: उपमुख्यमन्त्री अरुण साव
हारको हतासाले राहुल गान्धी सहित कङ्ग्रेस नेताहरूको मानसिक स्थिति असन्तुलित, नाघे सबै सीमाहरू: उपमुख्यमन्त्री अरुण साव


रायपुर, 22 मई (हि.स.)। यो अत्यन्त दुर्भाग्यपूर्ण हो कि देशको सबैभन्दा पुरानो पार्टी कङ्ग्रेसले अत्यन्त निम्न स्तरको राजनीति गरिरहेको छ।लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धी सहित कङ्ग्रेसका तमाम नेताहरूले जुन किसिमको भाषा प्रयोग गरिरहेका छन्, त्यस्तो भाषाको प्रयोग सर्वसाधारण मानिसहरूले पनि गर्दैनन्।

उपमुख्यमन्त्री अरुण सावले शुक्रवार नवा रायपुरस्थित शासकीय निवास कार्यालयमा पत्रकारहरूसित चर्चा गर्दै उपरोक्त मन्तव्य व्यक्त गरे। उनले भने, असम, पश्चिम बङ्गाल र पुडुचेरी विधानसभा चुनाउमा भएको हारबाट कङ्ग्रेस नेताहरूको मानसिक स्थिति असन्तुलित भएको छ। उनीहरूले आफ्नो विवेक गुमाएका छन् र सबै मर्यादाहरू नाघिसकेका छन्। शब्दहरूको सुचिता तथा प्रधानमन्त्री पदको गरिमा दुवैलाई उनीहरूले छिया-छिया बनाएका छन्। जनताले उनीहरूलाई कहिल्यै माफ गर्ने छैनन्।

उपमुख्यमन्त्री श्री सावले अध भने, राहुल गान्धी र प्रदेश कङ्ग्रेस अध्यक्ष दीपक बैज जस्ता नेताहरूले जुन प्रकारको भाषाको प्रयोग गरिरहेका छन्, त्यो देशको राजनीति अनि लोकतन्त्रको लागि दुर्भाग्यपूर्ण छ। कङ्ग्रेस नेताहरूद्वारा यस किसिमको भाषाको प्रयोग गरिनु अत्यन्त निन्दनीय कुरा हो। त्यसैले देशमा कङ्ग्रेस लगातार समेटिँदै गइरहेको छ। जनता उनीहरूदेखि टाँड़िँदै गइरहेका छन्। आगामी दिनमा देशका जनताले उनीहरूलाई झन् कड़ा पाठ सिकाउने छन्।

सावले बताए, सुशासन तिहार अन्तर्गत माननीय मुख्यमन्त्री विष्णुदेव सायले लगातार विभिन्न जिल्लाहरूका गाउँ-गाउँमा पुगेर सरकारका योजनाहरूको धरातीलय स्थिति बारे बुझ्ने प्रयास गरिरहेका छन्। उनले मानिसहरूसित प्रत्यक्ष कुराकानी गर्दै उनीहरूको समस्या समाधान गरिरहेका छन्। त्यसरी नै मन्त्रीमण्डलका सदस्यगण, सांसद, विधायकगण तथा अन्य जनप्रतिनिधिहरूले पनि निरन्तर गाउँ-गाउँमा पुगेर मानिसहरूसित बातचित गरिरहेका छन्। जनताको समस्या समाधान गरिरहेका छन्। उनले भने, सरकार स्वयंले जनताबीचमा पुगेर उनीहरूको समस्या सुनेर त्यसको समाधान गरिरहेको छ। एक कल्याणकारी सरकारको योभन्दा ठूलो दायित्व अरू के हुन सक्छ र। मुख्यमन्त्री सायको नेतृत्वमा हाम्रो सरकारले यही कार्य पूर्ण प्रतिबद्धताको साथमा गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande